लन्डन । सहभागिता न्यून भएपछि अघिल्लो वर्ष स्थगित ‘मिस यूके नेपाल’ प्रतियोगिता यस पटक पनि हुने सम्भावना झिनो छ ।
आइतबार जुन १ तारिख अल्डरसटस्थित निरमाया रोधीघरमा चौंथो मिस यूके नेपालका लागि भएको पहिलो अडिसनमा तीनजना मात्र सहभागी भए । उक्त अडिसनमा सहभागी भन्दा धेरै निर्णायकहरु मोडल सब्रिना श्रेष्ठ, गौमाया गुरुङ, दुर्गा गुरुङ, नयन गुरुङ, डिजाइनर अन्जन गुरुङ थिए ।
आयोजक इभेन्ट एण्ड आइडियाज्ले अर्को अन्तिम अडिसन आगामी २१ जुनमा राखेको छ ।
‘प्रतियोगितामा सहभागिता झन् झन् निरासाजनक रह्यो’, इभेन्ट एण्ड आइडियाज्की निर्देशक शान्ति गुरुङले भनिन्, ‘कसैको पढाई, कसैको भिजा समस्या अनि कामको व्यस्तताले सहभागी हुन इच्छुक युवती नै पाइएनन् ।’
गत वर्ष ९ जनाले नाम दर्ता गरेपनि प्रशिक्षणका लागि सबैको समय नमिल्दा प्रतियोगिता रोकिएको थियो । आयोजकका अनुसार १६ देखि २४ वर्ष सम्मका युवतीले प्रतियोगितामा भाग लिन सक्नेछन् । आफूमा भएको प्रतिभा प्रष्फुटन र स्वदेशका लागि केही कल्याणकारी काम गर्न प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता परिकल्पना गरिएको हो ।
अन्तिम अडिसनमा कम्तीमा ९ जना सहभागी भए भने प्रतियोगिता सुचारु नत्र यस वर्ष पनि स्थगित गर्ने सोचमा छ आयोजक । निर्देशक गुरुङले प्रतियोगितामा सहभागिताका लागि प्रोत्साहित गर्न अभिभावकसंग आग्रह गरेकी छन् ।
सन् २०१० देखि शुरु भएको मिस यूके नेपालको उपाधि पहिलो वर्ष नवीना गुरुङ, ०११ मा गौमाया गुरुङ र ०१२ मा दुर्गा गुरुङले जितेका थिए ।
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?