
लन्डन । मगर संघ यूकेले आगामी जुलाई २५ मा नेपाली ओपन कन्सर्ट गर्ने भएको छ ।
‘म्युजिक फर युनिटी’ सन्देशसहित शनिबार २५ जुलाई २०२६ मा अल्डरसटस्थित रसमोर एरिनामा कन्सर्ट हुन लागेको हो । मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन (लालु)ले विगतका वर्षहरुमा झैँ यस वर्ष पनि बेलायतमा रहेका नेपाली समुदायलाई संगीतको माध्यमबाट एकजुट गराउने उद्देश्यका साथ बृहत् खुला कन्सर्टको आयोजना गर्न लागिएको बताउनुभयो ।
कार्यक्रम दिउँसो १ बजेदेखि राति साढे १० बजेसम्म चल्ने छ । सांगीतिक उत्सवमा ख्यातिप्राप्त मन्त्र ब्यान्डका कलाकारहरूको प्रस्तुति रहने छ । ब्यान्डले बेलायत आउन भिसा प्राप्त भइसकेको आयोजकले जनाएको छ ।
कार्यक्रममा उपस्थित हुन बेलायतवासी सम्पूर्ण नेपालीहरूलाई आयोजकले निमन्त्रणा गरेको छ ।
यस वर्ष उपाध्यक्ष गुमानसिङ थापा मगर कार्यक्रमको प्रमुख संयोजक रहेका छन् । यस संस्था २००२ मा स्थापना भएको हो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल