लन्डन
‘म त तिम्रो मान्छे बन्न सकिन
तिमीलाई आफ्नो मान्छे भन्न सकिन…’
खुबै चर्चित माथिल्लो गीत गाउने गायक गायिका अन्जु पन्तलाई नचिन्ने कमै होलान् । तर, यही गीत रच्ने गीतकार निरा पिजी भने धेरैको मन मष्तिष्कमा नहुन सक्छिन् ।
बाबु भूपू लाहुरे । सुविधै सुविधाको शहर हङकङमा जन्मिएकी उनी । घरायसी खान्दानले सानैदेखि अभाव भन्ने कुरा विरलै थियो । तर, उनले कहिल्यै लाहुरेकी छोरीको परिचय बनाएर मोज मस्तीमा समय बिताइनन् । बरु, आठ वर्षको कलिलो उमेरदेखि नै कविता लेख्न थालेकी निरा अहिले सफल गीतकारका रुपमा स्थापित छन् । ‘म लाहुरेकी पुलपुलिएकी छोरीको परिचय बनाउन कहिल्यै रुचाइन’, निराले भनिन्, ‘केही रचनात्मक काम गरेर लाहुरे परिवारमा पनि उदाहरणीय बन्न प्रयासरत रहिरहें ।’ पोखरेली यी चेलीलाई त्यहांको परिवेशले पनि गीतकार बनाएको हुन सक्छ ।
हालसम्म करिब ५ सय गीत लेखेकी निराका जम्मा सात वटा गीत मात्र रेकर्ड भएका छन् । तर, पहिलो एल्बमबाटै उनले ०७० सालमा तीनवटा अवार्ड हात पारिन् । पहिलो आधुनिक गीति संग्रह ‘निराशा’ मा समावेश भएको ६ गीत मध्ये नरेन्द्र प्यासी र अन्जु पन्तले गाएको ‘म त तिम्रो मान्छे…’ गीतले वि.स. २०७० मा निरालाई कालिका अवार्ड, विन्दवासिनी अवार्ड, राप्ती लगायत ६ अवार्ड दिलाएको हो । उनले लेखेको गीत गायक गायिका अन्जु पन्त, अन्जना गुरुङ, नवराज थापा, प्रमोद खरेल आदिले गाएका छन् भने संगीतकार राजकुमार बगर हुन् ।
सन् १९९५ मा नेपाल छाडेर ९ वर्ष हङकङ बिताउंदा पनि उनी रचनामै रमाइन् । सन् २००४ यता स्थायी रुपमा बेलायत बस्न थालेकी निराले बेलायतको व्यस्तताबीच गीति लेखनलाई निरन्तरता दिइरहेकी छन् । ‘आर्थिक रुपले फाइदा भन्दा पनि आत्मसन्तुष्टिका लागि गीत लेख्ने गर्छु’ उनी भन्छिन् ।
प्रेम, विछोड र विरहका गीत लेख्न रुचाउंछिन् निरा । आफ्नो प्रेम र जीवनमा आइलागेका निरासाले पहिलो एल्बम निरासा जन्माएको कतिपयको अड्कल छ । उनी दोश्रो एल्बमको तयारीमा जुटेकी छिन् ।
यी उदयीमान गीतकारलाई नेपाल गएर च्यारिटी काम गर्न औधि मन पर्छ रे । हालैको नेपाल भ्रमणमा पनि उनले चितवनका बाढी पीडितलाई एक लाख एक हजार, पशुपति वृद्धाश्रमका लागि पचपन्न हजार रुपैयां आर्थिक सहयोग र तनहुंको एउटा विद्यालयका लागि दुईवटा कम्प्युटर प्रदान गरेकी थिइन् ।
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री