समाचार उही, विचार उही
पेशा र संस्कार उही
खै केही पनि त बदलिएन नयाँ वर्षमा
फेरिएछ त फगत उही भित्तामा झुण्डिएको अँग्रेजी क्यालेण्डर ।
धुवाँ, धुलो, अस्तव्यस्त जिन्दगी
दौडीरहेछौं तर कहिं कतै नपुगिने
पद, शक्ति र पैसाको होडबाजीमा
आफ्नै अहंकारलाई प्रज्वलित गर्दै
कुदीरहेछौं केवल मृगतृष्णाका पछि
छाडेर जानुछ यी सबै एक दिन
परिवार, समाज, मुलुक र यो विश्व
त्यो दिन कहिले हो कसैलाई थाहा छैन
कसरी निस्कने हो यो भुमरीबाट त्यो पनि थाहा छैन
एउटा त्यान्द्रोमा अडिएको छ जीवन
चुँडिन सक्छ कुनै पनि बेला
तर बदलिन चाहँदैनौं हामी न भित्र न बाहिरबाट
आयो अर्को नयाँ वर्ष, तर फेरिएनौं हामी
फेरिएछ त फगत उही भित्तामा झुण्डिएको अँग्रेजी क्यालेण्डर ।
अविश्वास र आशंकाको ठाउँ लिनुपर्ने हो प्रेम र विश्वासले
घृणा र अहंकारलाई प्रतिस्थापित गर्नुपर्ने हो स्नेह र सद्भावले
दुई दिनको जिन्दगीमा सुख र शान्ति सिवाय मानिसले चाहेको नै के छ र?
तर त्यो शान्ति पाउने कहाँ?
खोज्यौं हामीले पसलमा, मठमन्दिर र चर्चहरुमा
भर्खरै थाहा भयो, त्यो असीम आनन्दको स्रोत त हामी भित्रै रहेछ
केवल एकपटक आफ्नै मनभित्र चिहाएर हेर्नुपर्ने रहेछ
जोडेर मनको तार अनन्तको झंकारसंग
एकाकार हुन प्रयत्न गर्नुपर्ने रहेछ
संसार बदल्न हिंडेका हामी,कहिल्यै तयार भएनौं आफैलाई बदल्न
आयो घुम्दै फिर्दै नयाँ वर्ष, तर फेरिएनौं हामी
फेरिएछ त फगत उही भित्तामा झुण्डिएको अँग्रेजी क्यालेण्डर।
१ जनवरी, २०१७
बर्न्टओक, लण्डन
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो