लन्डन । लन्डनस्थित नेपाली दूतावासले संयुक्त अधिराज्य र यस राजदूतावासका लागि तोकिएका मुलुकहरु आयरल्याण्ड, आइसल्याण्ड र माल्टामा रहेका गैर आवासीय नेपालीहरुको तथ्यांक विवरण संकलन गर्ने भएको छ । १ जनवरी, २०१७ देखि संकलन कार्य शुभारम्भ गर्न लागिएको दूतावासले शुक्रबार जनाएको हो ।
तथ्यांक विवरण संकलनका लागि रजिष्ट्रेशन फारामको नमुना दूतावासको वेवसाइट
www.nepembassy.org.uk मा राखिएको छ । दूतावासले संयुक्त अधिराज्य, आयरल्याण्ड, आइसल्याण्ड र माल्टामा बसोबास गरिरहेका सम्पूर्ण नेपाली र गैर आवासीय नेपालीहरुले उक्त फाराममा आफ्नो र परिवारका सदस्यहरुको समेत छुट्टाछुट्टै विवरण भरी दूतावासको इमेल : [email protected] वा फयाक्स ००४४ २० ७७९२९८६१ मार्फत विवरण पठाई सहयोग गरिदिन पनि आग्रह गरेको छ ।
उता, दूतावासले भिसा, राहदानी लगायत कन्सुलर सेवावापतको शुल्क बैंकमा जम्मा गर्ने व्यवस्था समेत गरेको छ । दूतावासबाट भिसा, राहदानी, वारेसनामा लगायत अन्य कन्सुलर सम्बन्धी सेवा लिंदा नियमानुसार बुझाउनु पर्ने शुल्क सिधै राजदूतावासको बैंक खातामा बुझाउन सकिने व्यवस्था मिलाइएको जनाउंदै दूतावासले १ जनवरी २०१७ देखि दूतावासको बैंक खातामा रकम जम्मा गरी बैंक भौचर सहित आफूले चाहेको सेवा लिन दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ । कारणवश बैंकमा रकम जम्मा गर्न कठिनाई भएको अवस्थामा केही समयका लागि दूतावासमा समेत नगद शुल्क बुझाउन सकिने व्यवस्था रहेको पनि दूतावासले जनाएको छ ।
दूतावासको बैंक खाता
NatWest
Sort Code: 601533
Account No: 05552060
Notting Hill Gate, London
यसैबीच, दूतावासले १ जनवरी २०१७ बाटै नेपाल भ्रमणमा जाने सबैलाई भिसा आवेदन गरेको दिनमा नै नेपालको भिसा उपलव्ध गराउने व्यवस्था गरिएको जनाएको छ ।
राजदूत डा. दुर्गाबहादुर सुवेदीले कार्यभार सम्हालेपछि यी परिवर्तन भएका हुन् ।
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’