बर्लिन, ६ पुस । जर्मनीको राजधानी बर्लिनमा क्रिसमसको बजार लागेको एक इलाकामा सोमबार अबेर राति भएको ट्रक आक्रमणको इस्लामिक स्टेट (आईएस) समूहले जिम्मा लिएको छ ।
आइएस आतङ्ककारी समूहले आफ्ना एक लडाकूमार्फत सो आक्रमण गराएको जानकारी दिएको छ ।
आइएस आतङ्ककारी समूह आफ्नु समूहविरुद्ध सैन्य कारबाहीमा संलग्न गठबन्धनमा संलग्न रहेका देशहरुका नागरिकहरु लक्षित आक्रमण गर्ने आफ्ना प्रतिवद्धता स्वरुप सो आक्रमण भएको बताएको छ ।
क्रिसमसको लागि बजार लागिरहेको स्थानमा एक ट्रक लगेर जोत्दा कम्तीमा १२ व्यक्तिको मृत्यु भएको थियो । बर्लिनको मुटु मानिने यस स्थानमा भएको आक्रमणमा परी अन्य ५० जना घाइते भएका थिए ।
उक्त ट्रक आक्रमण कैसेर विल्हेल्म मेमोरिएल चर्चको बाहिरी इलाकामा रहेको प्र्ख्यात् क्रिसमस बजारमा भएको थियो ।
क्रिसमसको पूर्व सन्ध्यामा बनाइने परम्परागत मनोरञ्जनको रुपमा पर्यटक र स्थानीय बासिन्दाहरुले आनन्द लिइरहको बेला सो आक्रमण भएको थियो ।
यसअघि पनि आइएस आतङककारी समूहले गत जुलाई १४ मा दक्षिणी फ्रान्सको निस सहरमा राष्ट्रिय दिवसको लागि जम्मा भएको समूहलाई लक्षित यसरी नै एक ट्रकले जोत्दा कम्तीमा ८६ व्यक्तिको मृत्यु भएको थियो ।
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई