बन् तिमी कोमल अनि सफा मन
हुन्छ यसमा आनन्द अनि स्वच्छ तन
के लिएर आएथ्यौं र लाने के होर
छोडी जाने जिन्दगीमा किन बन्छ्यौ घोर
तिम्रो नाममा बिताएं मैले भयो आधा उमेर
तिम्रै यादमा बिताउनेछु बांकी जीवन घुमेर
तरपनि आशा मैले मार्दिन है तिम्रो
एक दिन भएनी संगै घुम्ने आशामा हाम्रो
बाउ आमा छोडी सकें अब इष्टमित्र
कहिले होला आशै आसमा पस्ने तिमी भित्र
जागिर पनि छोडीसकें पराइको बासमा
कति बिताउं जिन्दगी मैले सधैं तिम्रो आसमा
आउ मेरी प्रिय तिमी सधैं मेरो काखमा
एकछिन पनि सक्दिन है मैले तिम्रो आशमा
के लिएर आएथ्यांै र लाने के होर
छोडी जाने जिन्दगीमा किन बन्छ्यौ घोर
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न
१३ तस्बिरमा हेर्नुहोस्, बेलायतमा आयोजित २४ औं गोर्खा कप
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने