काठमाडौँ, २१ मङ्सिर । भूकम्पबाट क्षतिग्रस्त संरचना पुनः निर्माणका लागि अर्थ मन्त्रालयले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई रु ३३ अर्ब निकासा दिएको छ ।
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले पुनःनिर्माण कोषको रकम परिचालन गर्ने गरी निजी आवास अनुदान वितरण गर्न थप रु २८ अर्ब र विद्यालय भवन पुनःनिर्माणका लागि रु चार अर्ब निकासा दिएको हो ।
त्यस्तै भूकम्प प्रभावित जिल्लाका सरकारी भवन पुनःनिर्माणका लागि रु ७५ करोड र जग्गा मुआब्जा वितरण गर्नका लागि रु २५ करोड गरी कुल रु ३३ अर्ब निकास दिएको पुनःनिर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।
रकम निकासासँगै सरकारी विद्यालय, सरकारी भवन तथा ग्रामीण सडक पुनःनिर्माणका लागि स्रोतसाधन परिचालन गराउन सहज हुने विश्वास अर्थ मन्त्रालयले लिएको छ । पुनःनिर्माणका कार्य अघि बढाउन स्रोतको सुनिश्चितता प्रदान गरिएको र कार्य प्रगतिका आधारमा थप रकम निकासा गर्दै जाने अर्थमन्त्री महराले विश्वास व्यक्त गर्नुभएको पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा