लण्डन । तमुधिँ साउथ इष्ट लण्डनले आफ्नै भवन खरिद गर्न सफल भएको छ ।
ब्राञ्चका अध्यक्ष श्रीचन्द्र गुरुङले दिएको जानकारी अनुसार आवेउडस्थित ६० पानफिल्ड रोडमा ३ लाख ११ हजार पाउण्डमा सो घर खरिद गरिएको हो ।
तीन वटा शयन कक्ष रहेको सो घर अनलाइन अक्सनबाट तमुधिँ साउथ इष्ट लण्डनले किन्न सफल भएको हो ।
सो घर खरिदका लागि शाखासित २ लाख पाउण्ड मौज्दात रहेको र बाँकी १ लाख ६० हजार पाउण्ड एक सातामा निब्र्याजी सापट उठाइएको थियो । अध्यक्ष गुरुङले आफ्नो दुई वर्षे कार्यकालमा आयआर्जनका काम गरेर सो रकम फिर्ता गरिने बताए ।
सोही क्रममा तमुधिँ साउथ इष्ट लण्डनले यह डिसेम्बर १० मा लाइफ मेम्बरहरुका लागि च्यारिटी डिनरको आयोजना गरेको छ । ब्राञ्चमा अहिलेसम्म १४० लाइफ मेम्बर छन् ।
खरिद गरिएको घरको तल्लो तलामा ब्राञ्चको बैठक र कार्यालय कक्ष तथा माथिल्लो तीन कोठा भाडामा दिइने अध्यक्ष गुरुङले बताए ।
करिब ६ वर्षको अथक प्रयासपछि सो घर लिन सफल भइएको उनले थपे । सो घर हेर्नका लागि आज बिहान १० बजे सदस्यहरुलाई निम्त्याएको थियो ।
साउथ इष्टमा बस्ने दुख पाएका नेपालीहरुको अवस्था हेरेर घर किन्ने निर्णय गरिएको उनले बताए । दुख पाएकाहरुलाई एक साता वा एक महिना राख्न पाए पनि केही सेवा हुन्थ्यो भन्ने लागेको उनले थपे । तमुधिँको घर भए पनि सबै नेपालीलाई स्वागत गर्ने उनले प्रष्ट्याए ।
च्यारिटीमा दर्ता तमुधिँ साउथ इष्टको ठूलो घर किन्ने योजना यथावतै रहेको उनले जानकारी दिए ।
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई