बाबु आमाबिना हुर्कनु पर्दाको पीडा कस्तो हुन्छ भन्ने कुरा हरिवंश आचार्यले आफ्नो पुस्तक “चिना हराएको मान्छे”भित्र उल्लेख गरेको कुरा एक अन्तर्वार्तामा बताएका छन् । झण्डै दुइवर्ष अघि दिलभूषण पाठकसँग टफटकमा कुरा गर्दै उनले आफू तीन वर्षको हुँदा आफ्ना बाबु गुमाएर आधा टुहुरो भएको र एघार वर्षको हुँदा आमा पनि गुमाएर पूरा टुहुरो भएको कुरा उल्लेख गरे ।
उनका अनुसार बालबच्चाहरुमा उत्ताउलो, उरन्ठेउलो, जिद्धी, हठी, अरुले भनेको नमान्ने, आफू नै सर्वेसर्वा भएको जस्तो अनुभूति गर्ने बानी आउनुमा आफू एक्लो भएको र आफूमाथि कोही अभिभावक नभएको मनोवैज्ञानिक छाप पर्नु प्रमुख जिम्मेवार कारण हो । र, बाल्यकालमा आफू पनि त्यस्तै भएको कुरा समेत बताए । जीवनका हरेक आरोहअवरोह पार गरेका हरिवंश आचार्यले मदनकृष्ण श्रेष्ठसँग सहकार्य गरेर समग्र नेपाली जनतालाई हँसाएनन् मात्र उनीहरुले विभिन्न चरणमा सुसूचित र सतर्क समेत गराए । केही अन्धविश्वासी परम्पराका विरुद्ध सूचनामुलक कार्यक्रम अघि सारेर कतिपयलाई त रुवाए पनि । तर त्यो रुवाइ भने समयमा सुसूचित हुन नसकेर आफूले पाएको दुःख सम्झेर आाशु झरेको भनेर बुझ्न कुनै कठिन हुन्थेन ।
उनी भन्छन् अरुलाई सम्झाउन र हँसाउन जति सजिलो हुन्छ तर आफू हाँस्न भने त्यत्ति नै दुःख हुने रहेछ । जीवनका विभिन्न कुइनेटामा रुन बाध्य भएका हरिवंश आचार्यलाई मदनकृष्ण श्रेष्ठबाट अलग गरेर हेर्न भने मिल्दैन । एक बिना अर्काको अस्तित्व र उचाइ कायम राख्न सायद सम्भव नहोला ।
हुन त हरिवंश आचार्यले आफ्नो पुस्तक एक्लै किन प्रकाशन गरे भनेर प्रश्न नउठेको भने होइन । किनभने उनले तीन दशकभन्दा बढी समय मदनकृष्णका साथ हरेक कार्यक्रम र ब्यक्तिगत रुपमा समेत दाजुभाइको रुपमा ब्यतित गर्दै आइरहेका छन् । कतै यो पुस्तकले यी दुईको जोडीमा दरार आउने त होइन भन्ने नेपाली हाास्य कलाका पारखीहरुमा चिन्ता, डर र त्रास नभएको होइन । तर उनीहरुले जुन कला पस्किँदै आइरहेका छन् त्यो नितान्त आफूहरुले सम्पत्ति थुपार्ने नियतले नभै नेपालको लोकतान्त्रिक आन्दोलनमा सहयोग पुर्याउन र सुतिरहेको नेपाली समाजलाई जगाउनका निम्ती हो भन्ने बुझ्न कुनै कठिनाइ पर्दैन । यदि उनीहरुले नितान्त ब्यक्तिगत स्वार्थका निम्ति लागेको भए जनकपुर चुरोट कारखानासँगको लाखौँ रुपैयाँको सम्झौता बदर गरेर धुम्रपानका विरुद्ध लाग्ने थिएनन् । आखिर उनीहरुलाई के नोक्सान हुने थियो र यदि उनीहरुले एउटा चुरोटको खिल्ली हातमा लिएर प्रचारप्रसार गर्न, उनीहरु स्वयंले ओंठमा लगाएर सर्को तान्नु पर्ने त थिएन । तैपनि उनीहरुले समाजलाई नोक्सान हुने कुराको प्रचार प्रसार गर्न मानेनन् ।
मैले यहाँ बालबच्चाहरुको एक्लोपनको प्रसंग बढी ल्याउन खोजेको थिएँ। साँच्चै हो यदि बाल्यकालमै एक्लो भएको मनोविज्ञानको विकास भयो भने त्यसले जीवनको लामो अबधिसम्म पच्छ्याइ रहन्छ । तर दुर्भाग्य हाम्रो समाजमा कतिपय यस्तो पनि छ कि आमाबाबु जीउँदो हुँदाहुँदै पनि बालबच्चाहरु एक्लै हुर्किरहेका छन् र उनीहरुमा हरिवंशले माथि भने झैँ उत्ताउलो, उरन्ठेउलो, जिद्धी, हठी, अरुले भनेको नमान्ने मनोविज्ञानको विकास भएको पाइन्छ । विशेष गरेर विभिन्न कारणवश विदेशमा बस्ने नेपालीहरुमा दुर्भाग्य एउटा नराम्रो रोग लागेको छ त्यो के भने आफूले चिनेको अर्को नेपालीभन्दा आफू धनी हुनु पर्ने, उसले एउटा घर किनेको छ भने बैंकको ऋण लिएर दुईवटा घर किन्नु पर्ने प्रतिस्पर्धा । अरुभन्दा आफू देखावटीमा धनी हुनुपर्ने मानसिकताले ग्रस्त नेपालीहरुका बालबच्चाहरु आमाबाबु जिउादै हुँदाहुँदै पनि एक्लो भएर बाँचिरहेका छन् ।
यो अवस्था विशेष गरेर बेलायतको नेपाली डायस्पोरामा देखिन्छ । आमाबाबु दिनमा बाह्र-बाह्र घण्टा काम गरेर लखतरान परेर आउँछन् अनि बच्चाले के खायो वा के गरिरहेछ भन्ने समेत थाहा हुँदैन उनीहरुलाई । बिहान उठेर काममा जानुअघि दुई/चार पौण्ड हातमा हालेर भन्छन् “ल म्याक डोनाल्डमा गएर केही खाएस्” । सायद आमा बाबु र छोरा छोरीबीचको दिनभरको भलाकुसारी त्यत्ति नै होला । अनि साँझ कामबाट फर्के पछि “ए, केही खाइस्” बस् दोस्रो भलाकुसारी ।
छोरा वा छोरी आज स्कूल गए वा गएनन्, स्कुलमा के पढे, कसो गरे अब अगाडि के पढ्नु छ, होमवर्क छ कि छैन भनेर सोध्ने न त फुर्सद छ न त जाँगर नै । अनि यदि हप्तामा एकदिन फुर्सद भयो भने आमा चाहिँ काममा लगाउने युनिर्फम धुन, त्यसलाई आइरन गर्न र अन्य घरधन्दामै ब्यस्त । बाबु चाहिँ कुन संस्थाको नेता बनेको छ त्यो संस्थाको मिटिङमा, बस दिन सकियो । छुट्टी र फुर्सदको दिन पनि यसरी सकिन्छ । अनि जब घमाइलो दिनहरु आउँछन् हरेक हप्ता एउटा न एउटा संस्थाको मासु पोल्ने योजना हुन्छ र त्यहाँ जानु पर्यो । किनभने आफू गइदिएन भने आफूले कुखुराको पखेटा पोल्दा ऊ आइदिन्न । कसैकसैले त त्यहाँ छोरा छोरीलाइ पनि लिएर जान्छन् तर आफ्ना छोराछोरी कहाँ र कोसँग खेलिरहेका छन् भन्ने कुराको जानकारी भने उनीहरुलाई हुन्न ।
बेलायतमा यसप्रकारको संस्कारले नराम्रोसँग जरा गाडेको छ । खासगरी बेलायतको नेपाली डायस्पोरा अत्यन्त स्वार्थी र इर्स्यालु मनोविज्ञानबाट विकास भैरहेको छ । यसरी गलत ढंगले विकास भएको मनोविज्ञानमा सही बाटो देखाउनका निम्ति सिधा “यसो गर्न हुन्छ वा यसो गर्न हुन्न” भनेर कसैलाई प्रशिक्षित गराउन सकिँदैन किनभने यहाँ यसै पनि इर्स्यालु मनोविज्ञानको विकास भएको छ । त्यहाँ उनीहरुले इर्स्यालु शन्देश बुझ्ने छन् र “ए, हामीले कमाएको र हामी संघ संस्थामा नेता भएको रिस गरेर यसो भनेको होस्, सक्छस् भने आफूले पनि दुईवटा घर किन् र अनि संघसंस्थाको नेता पनि बन्” भनेर उल्टै दम्भ देखाउने छन् । त्यसैले बेलायती नेपाली डायस्पोराका लागि एउटा सशक्त मदनकृष्ण र हरिवंशको आवश्यकता छ । जसले आफ्नो स्वार्थ भन्दामाथि उठेर अनि आफू बाँचेर बेलायतमा लागेको यसप्रकारको रोगको उपचार गर्न सकोस् ।
पौडेलका अरु विचार www.theglobal.co.uk मा पढ्न सकिन्छ ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल