काठमाडौँ, १३ मङ्सिर । सरकार र आमरण अनशनरत डा गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता आज पनि निष्कर्षमा पुग्न सकेन ।
सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता सकारात्मक रुपमा अगाडि बढेको भए पनि कुनै निष्कर्षमा नपुगेको स्वास्थ्य मन्त्रालयका सचिव डा सेनेन्द्रराज उप्रेतीले जानकारी दिनुभयो ।
डा केसीका तर्फबाट वार्तामा सहभागी डा लेसन महर्जनकाअनुसार वार्तामा सबै विषय छलफल भए पनि डिन र त्रिविका उपकुलपतिका विषयमा कुरा अगाडि बढ्न सकेन ।
डा केसी १६ दिनदेखि अनशनमा हुनुहुन्छ । केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको उहाँका सहयोगीले जनाएका छन् । उपकुलपति र डिनलाई बर्खास्त नगरेसम्म अनशन स्थगन नगर्ने डा केसीले अडान राख्दै आउनुभएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते