काठमाडौँ, ११ मङ्सिर । संविधान संशोधन प्रक्रियामा सहमति जुटाउन नेकपा (माओवादी केन्द्र)ले विशेष पहल गर्ने भएको छ ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले असन्तुष्ट पक्षलाई सहमति र सहकार्यमा ल्याउन पनि संशोधन जरुरी परेको भन्दै त्यसका लागि सबै पक्षसँग सार्थक संवाद र पहल गर्ने निर्णय गरेको हो ।
बैठकमा पछिल्ला दिनमा प्रमुख दलका बीचमा भएका द्विपक्षीय तथा बहुपक्षीय छलफलमा भएका प्रगति एवम् संविधान संशोधन प्रक्रियामा दलहरुबीच भइरहेको संवाद तथा सहमतिका विषयमा प्रधानमन्त्रीले जानकारी गराउनुभएको थियो ।
पार्टी प्रवक्ता पम्फा भुसालका अनुसार सबै पक्षसँग सहमति खोज्ने र त्यसका लागि पार्टीले सार्थक पहल गर्ने निर्णय भएको छ । बैठकमा शुक्रबार नेपाली काँग्रेसका शीर्ष नेतासँग भएको छलफल, मधेस केन्द्रित दलका माग तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग भएका कुराकानीका बारेमा समेत छलफल भएको थियो ।
केन्द्रीय कार्यालयको बैठकपछि हाल माओवादी केन्द्रको पोलिटब्युरो बैठक जारी छ ।
एमालेको कडा प्रतिवाद गर्ने निर्णय
नेकपा (एमाले) ले सरकार मूल जिम्मेवारीबाट पर हटेर संविधान संशोधनको विषयमा अगाडि बढेको भन्दै त्यसको कडा प्रतिवाद गर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज साँझ बसेको पार्टीको स्थायी समितिको बैठकले संविधान संशोधनका नाममा सरकार अनावश्यक, अनुचित र हानिकारक गतिविधितर्फ लाग्नु दुःखद र विरोध योग्य भएको निष्कर्ष निकालेको छ ।
राजनीतिक दलबीच दूरी र विभाजन ल्याउने तथा समाजमा गम्भीर द्वन्द्व निम्त्याउने सरकारको कदम मुलुकमा राजनीतिक सङ्कट ल्याउने षड्यन्त्र भएको भन्दै पार्टीले वर्तमान स्थितिको गम्भीरता र जनताको चाहनालाई ध्यानमा राखेर त्यस्ता दिशामा नबढ्न पार्टीले सरकारलाई गम्भीर ध्यानाकर्षण समेत गराएको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै एमालेका उपाध्यक्ष भीम रावलले राष्ट्र, राष्ट्रियता र अखण्डता जोगाउन एमाले प्रतिबद्ध रहेको बताउँदै औचित्यहीन संविधान संशोधनको आवश्यकता नभएको बताउनुभयो ।
संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्टी एमालेको असहमतिका बाबजुद जबर्जस्ती गरिए त्यसको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले उल्लेख गर्नुभएको छ ।
बैठकले संविधानको धारा १२१ को प्रावधान विपरीत सरकारले ल्याउन खोजेको पुरक बजेटको औचित्य नभएको निर्णयसमेत गरेको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते