लन्डन । इलाइट इभेन्ट्सले बेलायतमा पहिलो पटक पप गायक दिव्या सुव्वा र रक व्याण्ड अल्बाट्रोस्संग लाइभ कन्सर्ट वीथ डान्सपार्टी गर्ने भएको छ । आगामी २० डिसेम्बर सांझ सेन्ट्रल लन्डनको चर्चित थिएटर ट्रोक्सीमा कन्सर्ट हुन लागेको आयोजक मध्ये एक एलबीजेड गुरुङले जनाए । आयोजकले कलाकारमात्र होइन, भेन्यू पनि उत्कृष्ट छनोट गरेका छन् । कन्सर्ट, कन्फेरेन्स र अन्य कार्यक्रम गरि वार्षिक अढाइ सय भन्दा बढि इभेन्ट्स हुने उक्त हल फुल्ली साउण्ड प्रुफ्ड अनि साउण्ड, लाइट र एभी इक्वीपमेन्टले सुसज्जित छ भने थिएटरभित्र मल्टिपल बार, किचन समेत भएकाले दर्शक लाभान्वित हुनेछन् ।
युवा पुस्तामाझ लोकप्रिय ति कलाकारहरुलाई पहिलो पटक बेलायत आउने सौभाग्य जुरेको हो । बेलायतमा नेपाली कलाकारहरुको आगमन खासै नौलो नभएपनि सुव्वा र अल्बाट्रोस्को लाइभ कन्सर्टबाट युवाहरु बढि आशावादी छन् ।
कन्सर्ट एलबीजेडसहित मेक्सी गुरुङ, सञ्जय पुन, विजय गुरुङ र सुरज सिंहले संयुक्त रुपमा गर्न लागेका हुन् । सांझ ७ बजे शुरु हुने कन्सर्टसंगै डान्स पार्टी बिहान ६ बजेसम्म चल्ने आयोजकले बताएका छन् । कन्सर्टका लागि ६ वटा अफिसियल मिडिया र कयौं प्रायोजकको साथ छ ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता