
प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठक । तस्बिर ः प्रदीपराज वन्त,रासस
काठमाडौँ, ५ मङ्सिर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले लक्ष्यसहित पुनर्निर्माण गर्ने कार्ययोजना पारित गरेको छ ।
समितिको आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको प्राधिकरणले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकमा विभिन्न मन्त्रालयले अगाडि बढाउनुपर्ने कामलाई निश्चित लक्ष्य र उद्देश्यका साथ कहिले काम सुरु गर्ने र कहिले सक्ने भन्नेबारे निर्णय गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
“निजी आवास दुई वर्षभित्रमा सक्ने गरी कार्ययोजना ल्याइएको छ, निजी आवास, शैक्षिक क्षेत्र, स्वास्थ्य संस्था र परम्परागत सांस्कृतिक सम्पदा निर्माणको कामको पनि समय तोकी कार्ययोजना अघि सारिएको छ, यसका लागि अर्थ मन्त्रालयबाट बजेट पनि विनियोजन भएको छ”–उहाँले भन्नुभयो ।
भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम वितरणका लागि कार्यविधि मन्त्रिपरिषद्मा पेस गरिएको पनि प्राधिकरणले जनाएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते