
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा अर्थ मन्त्रालयमा शुक्रबार नेपालका लागि चिनका राजदूत यू होङसँग शिष्टाचार भेटवार्ता गर्दै । तस्बिर ः अर्थमन्त्रीको सचिवालय, रासस
काठमाडौँ, ३ मङ्सिर । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिवद्ध रहेको बताउनुभएको छ ।
अर्थ मन्त्रालयमा आज चिनियाँ राजदूत यू होङसँगको शिष्टाचार भेटवार्ताका क्रममा उहाँले नेपाली भूमिबाट चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने दृढता व्यक्त गर्नुभयो ।
उपप्रधानमन्त्री महराले असल छिमेकी र मित्रको हिसाबले पनि नेपालले चीनको चासो र अपेक्षालाई सम्बोधन गर्ने बताउँदै नेपालको विकासका लागि चीन सरकारबाट उपलब्ध भएको सहयोगप्रति उच्च सम्मान प्रकट गर्नुभयो ।
नेपालको विकास र समृद्धिका लागि आगामी दिनमा पनि चीनबाट थप सहयोग उपलब्ध हुने विश्वास व्यक्त गरेको उपप्रधानमन्त्री महराका प्रेस संयोजक त्रिभुवन पौडेलले राससलाई जानकारी दिनुभयो ।
चीन सरकारबाट अगाडि बढाइएका नेपालका विकास आयोजना र दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुदृढ हुने उपप्रधानमन्त्री महराले बताउनुभयो ।
सो अवसरमा राजदूत होङले नेपालको विकास र समृद्धिमा चीन सरकारको तर्फबाट उपलब्ध भइरहेको सहयोग निरन्तर रहने तथा दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित एमालेले दियो सर्वोच्चमा रिट, निर्वाचनका लागि आयोगमा दर्ताको निवेदन
ओशाकाको कार्यक्रमसंगै नेपथ्यको जापान यात्रा सम्पन्न
एनपिएलः ‘बलिङ’मा नेपाली र ‘ब्याटिङ’मा विदेशी खेलाडी चम्किए
विदेशमा रहेका नेपालीको भोटिङ राइट्स कार्यान्वयन गराउन सरकार लागिरहेको छ : मन्त्री घिसिङ
नेपालको राजधानीमा एमालेको प्रदर्शन
बेलायतको पूर्व सांसदलाई जेल सजाय, रुसबाट घुस लिएको अभियोग
नागरिकता निरन्तरता र प्रवासी नेपालीहरुको मताधिकारबारे मन्त्री घिसिङ र अधिवक्ता घिमिरेसँग आइतबार एनआरएनएको अन्तरक्रिया
नेपालमा एक/दुई हप्तामै राहदानी सेवा सरल हुने
यतिखेर नेपाललाई डायस्पोराको झन् बढी खाँचो : कार्यवाहक राजदूत दुवाडी