लन्डन । गैर आवासीय नेपाली संघ अन्तर्राष्टिय समन्वय परिषदका उपाध्यक्ष भवन भट्टले आफू नेतृत्वबाट पछि नहट्ने बताएका छन् । संघको आगामी अधिवेशनमा अध्यक्षका आकांक्षी ठानिएका उनले बेलायतस्थित पत्रकारहरुसंगको भेटमा यस्तो दृढता व्यक्त गरेका हुन् । ‘मलाई उकालो चढ्ने बानी लागेको छ’, उनले पत्रकार सम्मेलनमा भने, ‘भोलि नेतृत्व गर्न सकिन्छ भन्ने आत्मविश्वास छ । साथीहरुको मायां र आत्मविश्वासले पछाडि हट्ने अवस्था छैन् ।’
स्थापनाकाल देखि नै सक्रिय रहेर कोषाध्यक्ष र दोश्रो कार्यकाल उपाध्यक्षमा रहेका भट्टले सामाजिक संस्थामा जहां रहेर काम गर्न सकिने भएपनि सवल र सफल नेतृत्व समेत खांचो हुने बताए ।
भट्टले गैर आवासीय नेपालीले विदेशमा आर्जन गरेको सीप, पंूजी र योगदानले देश विकास हुने बताए । ‘संघ नेपाल बाहिर रहेका करिब ५० लाख र स्वदेशमा रहेका २ करोड नेपालीको आस्था बन्नुपर्छ, उनले भने ।
भूकम्पपछि पुनर्निर्माणमा एनआरएनएको निष्क्रियता उनले स्वीकारेनन् । ‘अहिले गोर्खाको लाप्राकस्थित ६१२ घरसहित एकीकृत नमुना वस्तीको काम धमाधम बढिरहेको छ, करिब डेढ वर्षमा हामी योजना सकिसक्छौं’, भट्टले भने ।
गोर्खाली समाज यूकेको च्यारिटी डिनरमा सहभागी हुन बेलायत आएका भट्टले उक्त च्यारिटीमार्फत गोरखास्थित भूकम्प पीडित अनाथ तथा गरिव बालबालिकाको शिक्षा सहयोगार्थ २० लाख रुपैयां दिने घोषणा गरेका छन् ।
निरमाया रोधीघरमा आयोजित पत्रकार सम्मेलनमा एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, पूर्व अध्यक्षहरु सूर्य गुरुङ, योगेन क्षेत्री लगायत उपस्थित थिए । सरला थापाले सञ्चालन गरेको उक्त कार्यक्रम संयोजन नेपलिज इन्टरटेनमेन्ट यूकेका बीरेन खड्काले गरेका हुन् । भट्टलाई निरमाया रोधीका सञ्चालक गणेश गुरुङलगायतले सम्मान समेत गरे ।
तस्विरः मिलन तमु
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक