लन्डन । नयां शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आर्थिक विकास र समृद्धिको सपनाले मात्र देश बन्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतको निम्तोमा लन्डन उत्रिएकै दिन शुक्रबार यहांस्थित पत्रकारहरुसंग बोल्दै भट्टराईले नेपालमा राजनीतिक
परिवर्तनको श्रृंखला सकिएपछि अब विकास र समृद्धिको पालो आएको बताए ।
‘निरंकुशता र सामन्तवादको अन्त्य भइसकेपछि लोकतन्त्रको जगमा आर्थिक विकास र समृद्धिका लागि बढौं भनेर हामी लागिपरेका छौं’, भट्टराईले भने,
‘राजनीतिक परिवर्तनको जगमा आर्थिक विकास सम्भव छ र विकास र समृद्धिको अभियान बढाउन नै नयां शक्ति पार्टी खोलिएको हो ।’
राजनीतिले दिशाबोध नगरेसम्म देशमा विकास र समृद्धि नहुने धारणा उनको थियो । उनले नयां शक्तिले जेठ ३० मा पार्टी घोषणापछि मार्गचित्र तयार गरिसकेको र त्यसमा ७ वर्षभित्र देशलाई गरिवीबाट मुक्त पार्ने, १५ वर्षभित्र मध्यमस्तर र २५ वर्षमा समृद्धिको शिखरमा देशलाई पुरयाउने रहेको जनाए ।
सत्तामा पुगेर सरकारको नेतृत्व गरेमात्र आर्थिक विकासका योजना लागू गर्न सकिने जनाउंदै उनले आफ्नो पार्टीको लक्ष्य लोकतान्त्रिक तरिकाले निर्वाचनमा अग्रता हासिल गरेर विकास योजना कार्यान्वयन गर्ने नै रहेको बताए । केही वर्षपछि नयां शक्ति पार्टी देशको प्रमुख शक्तिको रुपमा उदाउने दावी समेत उनको थियो ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले सय दिन पुरा गरेपनि दाहालसंग देखाउने उपलब्धिमुलक चीज केही नभएको दावी गरे । ‘प्रधानमन्त्रीजी आफ्नै मन्त्रीलाई दोष दिएर केही गर्न पाइएन भन्नुहुन्छ । क्याबिनेट प्रणालीमा प्रधानमन्त्री नै प्रमुख हो’, उनले भने ।
भट्टराईले अंगीकृत नागरिकलाई कार्यकारी प्रमुखको जिम्मेवारी दिन नहुने आफ्नो धारणा बताउंदै अमेरिकालगायत विश्वका कुनै पनि देशमा अंगीकृत नागरिकलाई देशको प्रमुख कार्यकारी नबनाइएको स्पष्ट पारे ।
अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतका मिडिया संयोजक बीरेन्द्र श्रेष्ठले स्वागत मन्तव्य दिएको उक्त पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य तथा कृषिवीद मदन राईले पनि नयां पार्टीको भिजनबारे बोलेका थिए । कर्मा पहाडी शेर्पाले सञ्चालन गरेको सो कार्यक्रम समाजका संयोजक भोला खनालले धन्यवाद दिंदै समापन गरेका थिए ।
लन्डन आएकै दिन बेलायतस्थित विभिन्न राजनीतिक पार्टीका प्रवास संगठन प्रतिनिधिहरुमाझ दूतावासमा अन्तरक्रिया गरेका भट्टराई शनिबार सांझ गोर्खाली समाज यूकेले अल्डरसटमा गर्न लागेको च्यारिटी कार्यक्रममा प्रमुख अतिथी बन्ने छन् ।
भट्टराईले बेलायत रहंदा लन्डन स्कुल अफ इकोनोमिक्स, अक्सफोर्ड युनिभर्सिटी र अल्डरसटस्थित एम्पायर हलमा नेपालको आर्थिक विकास र समृद्धि विषयमा प्रवचन दिने कार्यक्रम छ । उनले जनजाती महासंघ यूकेको कार्यक्रममा प्रवचन र बेलायती राजनीतिज्ञहरुसंग समेत भेट्ने तय भएको समाजले जनाएको छ ।
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित