लण्डन । अष्ट्रेलियाको सिडनीमा हुने दोस्रो फेसनमाण्डुमा नायिका नम्रता श्रेष्ठ र युकेका बहुप्रतिभाशाली युवा लेक्स लिम्बु सहभागी हुने भएका छन् ।
सिड्नीस्थित हस्टभिल इन्टटेइनमेण्ट सेन्टरमा नोभेम्बर १८ मा हुने सो फेसन सोको आयोजना अष्ट्रेलियामा रहेको केगरिरा भन्ने संस्थाले गरेको हो ।
गत वर्षदेखि शुरु गरिएको सो फेसन सोमा नेपाली तथा अष्ट्रेलियन मोडल र फेसन डिजाइनरहरुको सहभागिता रहने बताइएको छ । यस वर्षको फेसन सोमा नेपालबाट आउने नायिका नम्रता श्रेष्ठको विशेष आकर्षण रहने छिन् भने युकेबाट जाने लेक्स लिम्बुले सो सोको संचालन गर्नेछन् ।
सो फेसन सोमा सहभागी हुनेका लागि ४० अष्ट्रेलियन डलरदेखि १४० सम्म टिकट मूल्य तोकिएको छ ।
सो फेसन सोको एक अंग बन्न पाएकोमा प्रशन्नता व्यक्त गर्दै लेक्स लिम्बुले नेपाली र अष्ट्रेलियनहरुको सम्मिश्रण देख्न र उनीसित भेट्न पाइने भएकाले फेसनमाण्डुको निम्तो स्वीकार गरेको बताए ।
लेक्सलिम्बु डटकममार्फत ब्लगिंग गर्दै आएका लेक्स लिम्बु हाल लण्डनस्थित किंग्स कलेजमा टुरिज्म, इन्भारोमेण्ट एण्ड डेभलपमेण्टमा एमए पनि गर्दैछन् ।
युकेको जाडो केही दिन भएपनि छल्न पाउनेमा खुशी व्यक्त गर्दै उनले युकेमा एकसेएक युवा प्रतिभाहरु भएकाले यस्ता किसिमका कार्यक्रमले भविष्यमा उनीहरुलाई नेपालभित्र र डायस्पोरामा प्रतिभा देखाउने मौका प्रदान गर्नसक्ने विश्वास उनले व्यक्त गरे ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा