काठमाडौँ, १९ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा इन्डिया फाउन्डेसनको कार्यक्रममा भाग लिन आज भारततर्फ प्रस्थान गर्नुभयो ।
सभापति देउवा आजै नयाँ दिल्लीबाट कार्यक्रमस्थल गोवा जानुहुने उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
फाउन्डेसनको कार्यक्रमपछि सभापति देउवाले नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टीका अध्यक्ष अमित साह, काँग्रेसआईका अध्यक्ष सोनिया गान्धीलगायत नेताहरुसँग उच्चस्तरीय भेटघाट गर्नुुहुनेछ ।
नयाँ दिल्लीमा रहँदा सभापति देउवा जवाहरलाल नेहरु विश्वविद्यालयमा आयोजना हुने कार्यक्रममा समेत भाग लिनुहुने स्वकीय सचिव देउवाले बताउनुभयो ।
सभापति देउवाका साथ उहाँकी धर्मपत्नी एवम् सांसद आरजु देउवा राणा सहभागी हुनुहुन्छ ।
सभापति देउवा यही कात्तिक २३ गते स्वदेश फर्कनु हुनेछ ।
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग