लण्डन । चाल्टर्न नेपाली समाजले नेपालबाट आएका प्रख्यात हास्यकलाकार मनोज गजुरेलका साथमा दशैँ तिहार शुभकामना साँझ गर्ने भएको छ ।
आगामी १९ अक्टोबर आइतबार साँझ चाल्टर्नस्थित मेरिडिएन स्पोर्ट्स क्लबमा हुने सो कार्यक्रममा हास्यकलाकार मनोज गजुरेलसहित स्थानीय कलाकारहरुको प्रस्तुति रहने समाजले बताएको छ ।
कार्यक्रममा उपस्थितिको लागी स्थानीयबासीहरुलाई समाजले अनुरोध गरेको छ ।
चाडबाडको उपलक्ष्यमा सपरिवार उपस्थित भएर भरपुर मनोरन्जनसहित आपसी शुभकामना आदानप्रदान गर्ने कार्यक्रमको उद्देश्य समाजका नवनिर्वाचित अध्यक्ष रोमनाथ पाण्डेले बताए । कार्यक्रममा भाग लिन टिकट दर १० पाउण्ड तोकिएको कोषाध्यक्ष कृष्ण खरेलले जानकारी दिए ।
बेलायतमा केही समय कार्यक्रम देखाइरहेका गजुरेलको सो कार्यक्रम भिन्न खालको हुने विश्वास आयोजकले दिएका छन् ।
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
मानवसेवा आश्रम युकेको साधारणसभा जुलाई १९मा
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन