
कञ्चनपुर, १२ कात्तिक । नेपाल र भारतका सुरक्षा अधिकारी सीमा क्षेत्रमा हुने अपराध रोक्न सहमत भएका छन् ।
बिहीबार भारतको बनबासामा आयोजना गरिएको संयुक्त बैठकमा दुवै देशका सुरक्षा अधिकारीहरु सीमा क्षेत्रमा हुने चोरीका सवारीसाधनको अवैध पैठारी, मानव बेचबिखन, लागुऔषध ओसारपसार, वन्यजन्तुको छाला, हड्डी जस्ता अखेटोपहारको अवैध व्यापार र जाली नोटको कारोबार रोक्न सहमत भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नैन सिंह कार्कीले जानकारी दिनुभयो ।
“बैठकमा जघन्य अपराध गरी एक अर्को देशमा लुकेर बसेका अपराधीका बारेमा सूचना आदानप्रदान गर्न, अवैध हातहतियारको कारोबारलाई नियन्त्रण गर्न र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न दुवै देशका सुरक्षाकर्मी सक्रिय रहने सहमति भएको छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार बनबासा पुलमा आवतजावत गर्दा अनावश्यक हैरानी बेहोर्नुपरेको भनी नेपाली पक्षबाट आएका गुनासालाई सम्बोधन गर्ने, महाकालीपारि रहेको दोधारा चाँदनी नगरपालिकामा जाने सवारीसाधनलाई प्रमुख जिल्ला अधिकारीको सिफारिसमा सहज रुपमा आउजाउ गर्न दिनेलगायत सीमावर्ती क्षेत्रमा आइपर्ने अन्य समस्यालाई समन्वयात्मक ढङ्गबाट समाधान गर्ने विषयमा गहन छलफलपछि सहमति भएको छ ।
नेपाली गाडी बिना अनुमतिपत्र भारत जाँदा आरटिओमा तिर्नुपर्ने जरिवाना मिनाहा गरी खटिमादेखि पूर्णागिरिसम्म निर्बाध रुपमा आवातजावत गर्न दिने मौखिक सहमति समेत भएको छ । बैठकमा नेपाली पक्षबाट सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी विजयराज भट्ट, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल, प्रहरी उपरीक्षक तुलसी अधिकारीलगायतको उपस्थिति थियो । यस्तै, भारतीय पक्षबाट कुमाउ परिक्षेत्र नैनीतालका पुलिस उपमहानिरीक्षक अजय रौतेलालगायत अन्य सुरक्षा अधिकारीको उपस्थिति थियो ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी