काठमाडौँ, ५ कात्तिक । सर्वोच्च अदालतमा अख्यितार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले पाउँदै आएको सम्पूर्ण सेवा सुविधा रोक्न माग गर्दै पूरक निवेदन आज पेस भएको छ ।
अधिवक्ता ओमप्रकाश अर्यालले दायर गर्नुभएको निवेदनमा निलम्बित कार्कीले पाउँदै आएको सम्पूर्ण सुविधा तत्काल रोक्न माग गर्दै पूरक निवेदन पेस भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।
“नियमित न्यायिक कामकारबाही अवरुद्ध गरेको, अदालतलाई असहयोग गरेको र आफूविरुद्धको प्रमाण नष्ट गर्ने सम्भावना भएको हुँदा अन्तिम फैसला नहुँदासम्म सबै सुविधा खोस्नुपर्छ”– निवेदनमा भनिएको छ ।
नेपालको संविधानका धारा १०१ को उपधारा ३ मा काम गर्न रोक लगाउने व्यवस्था छ तर सुविधामा रोक लगाउन भन्ने व्यवस्था गरेको छैन ।
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक