काठमाडौँ, ५ कात्तिक । सर्वोच्च अदालतमा अख्यितार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले पाउँदै आएको सम्पूर्ण सेवा सुविधा रोक्न माग गर्दै पूरक निवेदन आज पेस भएको छ ।
अधिवक्ता ओमप्रकाश अर्यालले दायर गर्नुभएको निवेदनमा निलम्बित कार्कीले पाउँदै आएको सम्पूर्ण सुविधा तत्काल रोक्न माग गर्दै पूरक निवेदन पेस भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।
“नियमित न्यायिक कामकारबाही अवरुद्ध गरेको, अदालतलाई असहयोग गरेको र आफूविरुद्धको प्रमाण नष्ट गर्ने सम्भावना भएको हुँदा अन्तिम फैसला नहुँदासम्म सबै सुविधा खोस्नुपर्छ”– निवेदनमा भनिएको छ ।
नेपालको संविधानका धारा १०१ को उपधारा ३ मा काम गर्न रोक लगाउने व्यवस्था छ तर सुविधामा रोक लगाउन भन्ने व्यवस्था गरेको छैन ।
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
होर्मुज खुलाउन इरानले मानेन