लण्डन । बेलायतका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदी क्षेत्रीको स्वागतमा गैरआवासीय नेपाली संघ युकेले स्वागत कार्यक्रम आयोजना गर्यो ।
एनआरएनए युकेको पहलमा भएको सो कार्यक्रममा युकेमा रहेका विभिन्न राजनीतिक, सामाजिक, धार्मिक, साँस्कृतिक, क्षेत्रीय, पेशागत संघसंस्थाका प्रतिनिधिहरुले सुवेदीलाई स्वागत गरेका थिए ।
एनआरएनए युकेका अध्यक्ष मुच्छेत्र गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत ग्रहणपछि बोल्दै राजदूत सुवेदीले युकेमा रहेका नेपालीहरुलाई एकजुट हुन आग्रह गरे । विदेशमा रहेका नेपालीहरुले नेपालीपन र नेपाली मन जोगाउन थप मिहिनेत गर्नुपर्ने भन्दै उनले नेपालीहरुलाई फुटेर होइन जुटेर अघि बढ्न आह्वान गरे ।
नेपाली दूताबासमा अनियमितता, भ्रष्टाचार, ढिलासुस्ती नहुने, अहिलेको कामलाई भरे, आजको कामलाई भोलि नभनिने प्रतिवद्धता उनले व्यक्त गरे । दूताबासमा कुनै भेदभाव नगरिने, सबैलाई सम्मान र समान व्यवहार गरिने पनि उनले जानकारी दिए ।
नेपाली दूताबास युकेमा रहेका सबै नेपाली संस्थाहरुसित सहकार्य गर्न चाहन्छ भन्दै उनले बेलायतमा रहेका सबै नेपालीको शीर उच्च राख्न आफ्नो कर्तव्य भएको प्रष्ट पारे ।
कार्यक्रममा शिवजी श्रेष्ठले सुवेदीको जीवनी वाचन गरेका थिए भने स्वागत मन्तब्य मिलन गुरुङ र हेल्थ एण्ड सेफ्टीका बारेमा जानकारी दिएका थिए । एनआरएनए युकेका पूर्व अध्यक्ष सूर्य गुरुङले कार्यक्रममा सहभागीलाई छक्क पार्दै कविता वाचन गरेका थिए । उनीसँगै फडिन्द्र भट्टराई र प्रतिमा केसीले पनि कविता सुनाएका थिए ।
एनआरएनए युरोप संयोजक कुल आचार्यले एनआरएनए आइसिसीले गरिरहेका कामका बारेमा जानकारी गराएका थिए भने एनआरएनए युकेका अध्यक्ष गुरुङले युकेले गरिरहेको कार्यका बारेमा अवगत गराएका थिए ।

बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड