लण्डन । बेलायतका लागि नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदी क्षेत्रीको स्वागतमा गैरआवासीय नेपाली संघ युकेले स्वागत कार्यक्रम आयोजना गर्यो ।
एनआरएनए युकेको पहलमा भएको सो कार्यक्रममा युकेमा रहेका विभिन्न राजनीतिक, सामाजिक, धार्मिक, साँस्कृतिक, क्षेत्रीय, पेशागत संघसंस्थाका प्रतिनिधिहरुले सुवेदीलाई स्वागत गरेका थिए ।
एनआरएनए युकेका अध्यक्ष मुच्छेत्र गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत ग्रहणपछि बोल्दै राजदूत सुवेदीले युकेमा रहेका नेपालीहरुलाई एकजुट हुन आग्रह गरे । विदेशमा रहेका नेपालीहरुले नेपालीपन र नेपाली मन जोगाउन थप मिहिनेत गर्नुपर्ने भन्दै उनले नेपालीहरुलाई फुटेर होइन जुटेर अघि बढ्न आह्वान गरे ।
नेपाली दूताबासमा अनियमितता, भ्रष्टाचार, ढिलासुस्ती नहुने, अहिलेको कामलाई भरे, आजको कामलाई भोलि नभनिने प्रतिवद्धता उनले व्यक्त गरे । दूताबासमा कुनै भेदभाव नगरिने, सबैलाई सम्मान र समान व्यवहार गरिने पनि उनले जानकारी दिए ।
नेपाली दूताबास युकेमा रहेका सबै नेपाली संस्थाहरुसित सहकार्य गर्न चाहन्छ भन्दै उनले बेलायतमा रहेका सबै नेपालीको शीर उच्च राख्न आफ्नो कर्तव्य भएको प्रष्ट पारे ।
कार्यक्रममा शिवजी श्रेष्ठले सुवेदीको जीवनी वाचन गरेका थिए भने स्वागत मन्तब्य मिलन गुरुङ र हेल्थ एण्ड सेफ्टीका बारेमा जानकारी दिएका थिए । एनआरएनए युकेका पूर्व अध्यक्ष सूर्य गुरुङले कार्यक्रममा सहभागीलाई छक्क पार्दै कविता वाचन गरेका थिए । उनीसँगै फडिन्द्र भट्टराई र प्रतिमा केसीले पनि कविता सुनाएका थिए ।
एनआरएनए युरोप संयोजक कुल आचार्यले एनआरएनए आइसिसीले गरिरहेका कामका बारेमा जानकारी गराएका थिए भने एनआरएनए युकेका अध्यक्ष गुरुङले युकेले गरिरहेको कार्यका बारेमा अवगत गराएका थिए ।

राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा