लण्डन । वरिष्ठ संगीतकार स्वर्गीय अम्बर गुरुङसित संगीत सिकेकी गायिका झुमा लिम्बुको एकल गायन युकेमा सम्पन्न भएको छ ।
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा शनिबार सो एकल गायन आयोजना गरेको थियो ।
भक्तराज आचार्यको ‘जहाँ छन् बुद्धका आँखा’बाट गायन शुरु गरेकी उनले तारादेवी, नारायण गोपाल, बच्चुकैलाश, अरुणा लामा साथै आफ्नै गरी करिब डेढ दर्जन गीत गाएकी थिइन् । उनलाई वाद्यवादनमा संगीतकार विश्व शाही र नाम्लो ब्याण्डका गंगाबहादुर थापाले साथ दिएका थिए ।
‘झुमाले मुन्धुम मात्र गाउँछ नेपाली गीत गाउन बिर्सेछ भन्नेहरुलाई’ भन्दै उनले अम्बर गुरुङसितको सहकार्यमा तयार पारिएको गीत यसरी पस्किइन् ः
कतै अपार सागर होला कतै सानो खोला
सागर हो कि जीन्गदी हाम्रो हो कि सानो खोला
यही सोचेर बाँचेकी छु जीन्दगी यो जिन्दाबाद
उनलाई एउटा गीतमा गंगा थापाले साथ दिएका थिए भने बीचमा नरेश नातिले नारायणगोपालको दुईवटा गीत गाएका थिए ।
आफ्नो एल्बम खासामको प्रचारका लागि युके आएकी गायिका लिम्बु किरात संस्कृतिमा आधारित मुन्धुमी गीतमा मात्र होइन, सुगम संगीतमा पनि उत्तिकै पोख्त छिन् । उनको सोही प्रतिभालाई प्रस्तुत गर्न झुमा संगीत साँझ राखिएको प्रतिष्ठानका महासचिव मिजास तेम्बेले बताए ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते