लन्डन । भोलि मंगलवार नेपालीहरुको महान चाड विजया दशमीको दिन बेलायतमा टिका ग्रहण गर्ने शुभ साइत बिहान साढे दश बजे उत्तम रहेको जानकारी स्थानीय पण्डितहरुले दिएका छन् । घरमा आफन्तजनहरुबाट टिका ग्रहण गर्दा पूर्व दिशा फर्केर लगाउनु उत्तम रहने समेत उनीहरुले बताएका छन् ।
शुभ साइतको समय पश्चात जुनसुकै समय पनि टिका, जमारा ग्रहण गर्न गराउन सकिने जानकारी बेलायतमा क्रियाशील ज्योतिष पण्डित निलहरी घिमिरेले दिएका छन् । उनले शुभ समयको निर्धारण बेलायतका अन्य गुरुहरुसंगको सल्लाहमा निर्धारण गरिएको बताए ।
समय प्रतिकुल रहनेहरुको हकमा भने दशैँको दिन आफैंमा शुभ रहेकाले साइत समय गुज्रिने वा छुट्ने भए पनि जुनसुकै समय टिका थाप्न, लगाउन सकिने बताइएको छ । शुभ मुहुर्तको निर्धारण सम्बन्धित देशको भौगोलिक अवस्थिति अन्तर्गत रहेर ग्रह नक्षत्रहरुको गती र सूर्योदयलाई अधार मानेर तोकिने जानकारी समेत ज्योतिष तथा पण्डित घिमिरेले दिए ।
त्यसैगरी, विश्व हिन्दू महासंघ बेलायतका अध्यक्ष चिरन्जीवी ढकालले बेलायतमा काल बेला छलेर अमृत बेलाको छनौट गर्दा बिहानको उक्त समयलाई नै उपयुक्त मानिएको बताए । बेलायतका विभिन्न मन्दिरबाट समेत टिका जमारा वितरण हुँदै साउथ इष्ट लन्डनको पशुपतिनाथ नेपाली मन्दिर प्लमस्टिडमा दशैंको दिन पुजित टिका, जमारा वितरण कार्यक्रम आयोजना गरिएको जानकारी मन्दिर समितिका अध्यक्ष बालजंग अर्यालले दिएका छन् । उनका अनुसार मन्दिर समितिको निर्णय बमोजिम बिहान ८ बजे देखि नै पण्डित ज्यूहरुबाट सर्वसाधारणका लागि टिका जमारा वितरण गरिने छ ।
त्यसैगरी वेष्ट लन्डन अन्तर्गत साउथल राम मन्दिरमा बिहान १० देखि ११ बजे सम्म टिका जमरा वितरणका लागि आफू स्वयंले समय छुट्ट्याएको जानकारी पण्डित चिरन्जिवी ढकालले दिए । मन्दिरबाट टिका, जमारा लिए पश्चात घर घरमा टिका थाप्ने लगाउने तयारीमा अधिकांश नेपालीहरु छन् ।
यस अलावा बेलायतको अल्डरसट, बर्मिंघम, नोटिंगहम, केन्ट, लेस्टर तथा वेल्स, स्कटल्याण्ड र आयरल्याण्डमा बस्ने नेपालीहरु समेत स्थानीय मन्दिरहरुबाट टिका ग्रहणको शुभारम्भ गर्ने तयारी गरिरहेका रिपोर्ट प्राप्त भएका छन् । उपरोक्त मन्दिरहरुमा नवरात्री अवधिभर विशेष दुर्गा पुजा कार्यक्रम आयोजना गरिएका थिए ।
बेलायतमा बस्ने हिन्दू तथा अन्य धर्मालम्बी नेपालीहरुले समेत दशैँ पर्वको शुभकामना आदान प्रदान गर्दै यो चाड मनाउने गर्दछन् ।
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह