
लण्डन, २१ असोज । बेलायतका वैज्ञानिकहरुले गरेको एक अध्ययनले रात्रि सेवामा काम गर्ने महिलाहरूमा स्तन क्यान्सरको जोखिम कम भएको देखाएको छ ।
ब्रिटीस हेल्थ एण्ड सेफ्टी एक्सक्युटिभ (एचएसई), क्यान्सर रिसर्च युके र द युकेले संयुक्त रुपमा गरेको अध्ययनले यस्तो तथ्य पत्ता लगाएको हो । मेडिकल रिसर्च काउन्सिलले नेशनल क्यान्सर इन्ष्टिच्युटको जर्नलमा बिहीबार प्रतिवेदन प्रकाशित गरेको छ ।
अमेरिका, चीन, स्वीडेन र नेदरल्याण्डका गरी १४ लाख महिलामा गरेको अनुसन्धानबाट प्राप्त विवरणहरुलाई विश्लेषण गरी यस्तो निश्कर्ष निकालिएको हो । यस विषयमा यही नै सवैभन्दा ठुलो अनुसन्धान भएको अनुसन्धानकर्ताहरूले जनाएका छन् ।
“हाम्रो अध्ययनबाट जो महिला लामो समयको रात्रिकालिन सेवामा काम गर्दछन्, त्यस्ता महिलाहरूमा स्तन क्यान्सरको सम्भावना कम हुने देखिएको छ,” अक्सफोर्ड विश्वविद्यालयको क्यान्सर इपिडिमियोलोजी इकाईका वैज्ञानिक तथा प्रमुख लेखक रुथ ट्राभिसले भन्नुभयो ।
“रात्रि सेवामा काम गर्ने र दिवा सेवामा काम गर्ने महिलाहरुकाबीचमा तुलनात्मक अध्ययन गर्दा अध्ययनमा समावेश रात्रि सेवाका महिलामा स्तन क्यानसर निकै काम देखिएको वा देखिदै नदेखिएको पाइयो,” एचएसइका प्रमुख वैज्ञानिक सल्लाहकार एन्ड्रेव कुरानले भन्नुभयो ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा