
जुन र तारा चाहिंदैन मलाई
तिम्रो मुस्कानको उज्यालो भए पुग्छ
चाहिंदैन सफलता जिन्दगीमा मलाई
सधै तिम्रो साथ मात्रै भए पुग्छ
हिंड्ने बाटोहरु अलग भएर के भो
पुग्ने त्यहि सानो गाउ भए हुन्छ
वारी र पारी नदीको हामी भएर के भो
आँखाको भाकाले मन तिम्रो र मेरो छुन्छ
हरियाली सदावहार यहाँ नभएर के भो
कहिले काहीं तिम्रो आगमनको वसन्त भए पुग्छ
कांडाको संसार यो हो त के भो
हेर्ने नजर तिम्रो फूलको भए पुग्छ
सपनाहरु यहाँ बदलिएर के भो
कल्पनाको संसार हाम्रो एउटै भए पुग्छ
कर्मभूमिको यो संसारमा
साथ भाग्यले होइन तिमीले दिए पुग्छ
जुन र तारा चाहिंदैन मलाई
तिम्रो मुस्कानको उज्यालो भए पुग्छ
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा