
जुन र तारा चाहिंदैन मलाई
तिम्रो मुस्कानको उज्यालो भए पुग्छ
चाहिंदैन सफलता जिन्दगीमा मलाई
सधै तिम्रो साथ मात्रै भए पुग्छ
हिंड्ने बाटोहरु अलग भएर के भो
पुग्ने त्यहि सानो गाउ भए हुन्छ
वारी र पारी नदीको हामी भएर के भो
आँखाको भाकाले मन तिम्रो र मेरो छुन्छ
हरियाली सदावहार यहाँ नभएर के भो
कहिले काहीं तिम्रो आगमनको वसन्त भए पुग्छ
कांडाको संसार यो हो त के भो
हेर्ने नजर तिम्रो फूलको भए पुग्छ
सपनाहरु यहाँ बदलिएर के भो
कल्पनाको संसार हाम्रो एउटै भए पुग्छ
कर्मभूमिको यो संसारमा
साथ भाग्यले होइन तिमीले दिए पुग्छ
जुन र तारा चाहिंदैन मलाई
तिम्रो मुस्कानको उज्यालो भए पुग्छ
विश्वकप लिग-२ : युएईमाथि नेपालको जित
बेलायतमा २४औं गोर्खा कप २४ मेमा, प्रतियोगिताको तयारी तीव्र
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय