काठमाडौं। नेपाल प्रहरीका चार नायब प्रहरी महानिरीक्षक(डिआइजी)ले सरकारविरुद्ध अवहेलना मुद्दा दर्ता गरेका छन्। उनीहरुले अदालतले चार डिआइजीलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न दिएको निर्देशन कार्यान्वयन नगरेको भन्दै अवहेलना मुद्दा दायर गरेका हुन्।
डिआइजीहरु यादव अधिकारी, पर्शुराम खत्री, विश्वराज शाही र सुशील वरसिंह थापाले संयुक्त रुपमा दर्ता गरेको मुद्दामा प्रधानमन्त्री, गृहमन्त्री, गृह सचिव र प्रहरी महानिरीक्षकलाई विपक्षी बनाइएको छ। अदातलको फैसला कार्यान्वयन नगर्ने चारै जनामाथि कारवाहीको माग समेत गरिएको छ।
न्यायाधीश द्वय दीपकराज जोशी र ओमप्रकाश मिश्राको संयुक्त इजलासले चार जनालाई एआइजीमा बढुवा गर्न परमादेश जारी गरेको थियो।
सरकारले एआइजीमा बढुवा नगरेका कारण चारै जनाले सेवा अवधीका कारण अनिवार्य अवकास प्राप्त गरेका छन्।
सरकारले सर्वोच्चको फैसला कार्यान्वयन हुन नसक्ने भन्दै महान्याधिवक्तामार्फत असोज ८ गतेको फैसलामाथि पुनरावलोकन दर्ता गरेको छ ।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ