लन्डन । बिगत साढे एक दशकदेखि नेपाली संगीत साधनामा लागेकी गायिका झुमा लिम्बु हाल बेलायतमा छिन् ।
आगामी अक्टोबर १५ तारिख शनिबारका दिन उनी झुमा एकल संगीत साँझमा प्रस्तुत हुने भएकी छन् । उक्त एकल संगीत सांझ नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले आयोजना गर्न लागेको हो ।
आफ्नो अडियो एल्बम ‘खासाम’ को प्रचार प्रसारमा बेलायत आइपुगेकी झुमाले यस अघि बेलायतको विभिन्न स्थानहरुमा एकल मुन्धुमी संगीत भने प्रस्तुत गरिसकेकी छन् । तर हालसम्म नेपाली शास्त्रीय तथा आधुनिक गीतको कार्यक्रममा उनले आफ्नो प्रस्तुति दिएकी छैनन् । झुमा संगीत साँझमा उनले नेपाली आधुनिक गीतहरु हार्मोनियम तथा अन्य वाद्यवादनको साथमा लाइभ प्रस्तुति गर्नेछिन् ।
यस अघि झुमाका दुई एल्बमहरु ‘ए साईला’ (२०६०) र ‘अमर संगीत’ (२०७०) नेपाली संगीत बजारमा आइसकेका छन् । उनले लामो समय वरिष्ठ संगीतज्ञ अम्बर गुरुङसंग शास्त्रीय संगीतको प्रशिक्षण समेत लिएकी छन् । यसका साथै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ राष्ट्रिय गानमा समेत झुमाले स्वर दिएकी छन् ।
कार्यक्रम – झुमा संगीत साँझ (एकल गायन प्रस्तुति)
गायिका – झुमा लिम्बु
कार्यक्रम हुने स्थान र समय
मिति – १५ अक्टोबर २०१६, शनिबार
Bhetghat Gurkha Restaurant
9A High Street
Aldershot,
GU11 1 BH
Time: 1700 hrs
Entry Fee: £15
Conact: 07449043947 (Mjash Tembe), 07902012881(Mahesh Wanem 07428614419 (Naresh Naati)
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?