लन्डन । बिगत साढे एक दशकदेखि नेपाली संगीत साधनामा लागेकी गायिका झुमा लिम्बु हाल बेलायतमा छिन् ।
आगामी अक्टोबर १५ तारिख शनिबारका दिन उनी झुमा एकल संगीत साँझमा प्रस्तुत हुने भएकी छन् । उक्त एकल संगीत सांझ नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले आयोजना गर्न लागेको हो ।
आफ्नो अडियो एल्बम ‘खासाम’ को प्रचार प्रसारमा बेलायत आइपुगेकी झुमाले यस अघि बेलायतको विभिन्न स्थानहरुमा एकल मुन्धुमी संगीत भने प्रस्तुत गरिसकेकी छन् । तर हालसम्म नेपाली शास्त्रीय तथा आधुनिक गीतको कार्यक्रममा उनले आफ्नो प्रस्तुति दिएकी छैनन् । झुमा संगीत साँझमा उनले नेपाली आधुनिक गीतहरु हार्मोनियम तथा अन्य वाद्यवादनको साथमा लाइभ प्रस्तुति गर्नेछिन् ।
यस अघि झुमाका दुई एल्बमहरु ‘ए साईला’ (२०६०) र ‘अमर संगीत’ (२०७०) नेपाली संगीत बजारमा आइसकेका छन् । उनले लामो समय वरिष्ठ संगीतज्ञ अम्बर गुरुङसंग शास्त्रीय संगीतको प्रशिक्षण समेत लिएकी छन् । यसका साथै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ राष्ट्रिय गानमा समेत झुमाले स्वर दिएकी छन् ।
कार्यक्रम – झुमा संगीत साँझ (एकल गायन प्रस्तुति)
गायिका – झुमा लिम्बु
कार्यक्रम हुने स्थान र समय
मिति – १५ अक्टोबर २०१६, शनिबार
Bhetghat Gurkha Restaurant
9A High Street
Aldershot,
GU11 1 BH
Time: 1700 hrs
Entry Fee: £15
Conact: 07449043947 (Mjash Tembe), 07902012881(Mahesh Wanem 07428614419 (Naresh Naati)
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’