गल्ती मेरै हो नाई कहाँ भनेको छु र
तर, यति कठोर सजाय नदेउ भनेको मात्रै हो
किनकि तिम्रो कठोर सजायमा बांच्न बिर्सेको छु
हांस्दा हांस्दै यहाँ मैले रुन सिकेको छु
तिम्रो अभावमा म यहाँ भिडमा पनि एक्लो भएको छु
त्यसैले कठोर सजाय नदेउ बिन्ती गरेको मात्रै हो
हो पक्कै हो घाउ मैले दिएको छु तिमीलाई
तर, पीडा भोगेको यहाँ मैले नै हो
हो सायद हो आंसु दिएछु तिमीलाई मैले
तर, आंसुमा यहाँ भिजेको त म आफैं हो
त्यसैले गल्ती मेरै हो नाई कहाँ भनेको छु र
तर, यति कठोर सजाय किन सोधेको मात्रै हो
बिर्सेको मैले कहाँ भने र होस् यहाँ मैले हराएको मात्रै हो
किनकि तिमी बिना एक्लिएको म सधैं नसामा झुमेको छु
टाढा भएको यहाँ म कहाँ हो र, दोबाटोमा हामी अलगिएको मात्रै हो
किनकी संग संगै तिमी नहुंदा गोरेटोमा पनि म हराएको छु
एक्लै हिड्न सक्दिन मैले कहाँ भने र ?
एकान्तको बहानामा तिम्रो साथ खोजेको मात्रै थिए
बांच्न सकिन मैले कहाँ भने र ?
तिमी संगको सहयात्राको परिकल्पना गरेको मात्रै थिएं
गल्ती मेरै हो नाई कहाँ भनेको छु र
तर यति कठोर सजाय नदेउ बिन्ती गरेको मात्रै हो
बिन्ती गरेको मात्रै हो
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु