गल्ती मेरै हो नाई कहाँ भनेको छु र
तर, यति कठोर सजाय नदेउ भनेको मात्रै हो
किनकि तिम्रो कठोर सजायमा बांच्न बिर्सेको छु
हांस्दा हांस्दै यहाँ मैले रुन सिकेको छु
तिम्रो अभावमा म यहाँ भिडमा पनि एक्लो भएको छु
त्यसैले कठोर सजाय नदेउ बिन्ती गरेको मात्रै हो
हो पक्कै हो घाउ मैले दिएको छु तिमीलाई
तर, पीडा भोगेको यहाँ मैले नै हो
हो सायद हो आंसु दिएछु तिमीलाई मैले
तर, आंसुमा यहाँ भिजेको त म आफैं हो
त्यसैले गल्ती मेरै हो नाई कहाँ भनेको छु र
तर, यति कठोर सजाय किन सोधेको मात्रै हो
बिर्सेको मैले कहाँ भने र होस् यहाँ मैले हराएको मात्रै हो
किनकि तिमी बिना एक्लिएको म सधैं नसामा झुमेको छु
टाढा भएको यहाँ म कहाँ हो र, दोबाटोमा हामी अलगिएको मात्रै हो
किनकी संग संगै तिमी नहुंदा गोरेटोमा पनि म हराएको छु
एक्लै हिड्न सक्दिन मैले कहाँ भने र ?
एकान्तको बहानामा तिम्रो साथ खोजेको मात्रै थिए
बांच्न सकिन मैले कहाँ भने र ?
तिमी संगको सहयात्राको परिकल्पना गरेको मात्रै थिएं
गल्ती मेरै हो नाई कहाँ भनेको छु र
तर यति कठोर सजाय नदेउ बिन्ती गरेको मात्रै हो
बिन्ती गरेको मात्रै हो
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा