लन्डन । मेसिनरी चीज वा मोटर गाडी सर्भिसिङ गर्दा माइलेज बढ्ता र सरर गुडे, चले जस्तै मानिसलाई पनि बेला बेला दिमागको सर्भिसिङ आवश्यक छ । तर, यस्तो सम्भव छ त ? अवश्य छ यसको आइडिया लाइफ कोच इन्द्र गुरुङसंग । मानिसको हार्ट, इमोसन्स् लाई सर्भिसिङ (सफा) गर्न यूकेमा कार्यक्रम नै राखेका छन् गुरुङले ।
नेपाल ओलम्पिक कमिटीको साइकोलोजी एण्ड ब्रेन कोच र हग एण्ड हिलका संस्थापक गुरुङ अमेरिकी संस्था ह्यूमेन्स अफ आवर वल्र्डको एसिया एम्बेसेडर पनि हुन् । उनले दिने लाइफ कोचिङ धर्मसंग होइन, मनोविज्ञान र पूर्वीय दर्शनसंग सम्बन्धित छ । मनोविज्ञानले दिमागमा भएको जानकारीलाई इडिट, अपडेट वा प्रोसेस गर्ने बताउंछन् गुरुङ ।
पारिवारिक विचलन खेपेका वा डिप्रेसनमा गएकालाई काउन्सिलिङ र मानिसको क्रियटिभिटी बढाउन एक्जुकेटिभ कोचिङ गराइने समेत उनले जनाए ।
स्किल्स् एण्ड केयरले आगामी ११ सेप्टेम्बर आइतवार उनीसंग चाल्टर्न एथलेटिक फुटबल क्लव हलमा वर्कसप गर्ने भएको छ । यसबाहेक १२ मा अल्डरसटमा एक्जुकेटिभ कोचिङ तय छ भने १९ सेप्टेम्बर, सोमबार एम्पायर हल अल्डरसटमा पनि कार्यक्रम हुंदैछ ।
‘मानिसको मेन्टल, फिजिकल र इमोशनल लेभलमा सर्भिसिङ (सफा) गराउनु पर्छ । त्यो अभ्यासबाट सम्भव छ’, गुरुङ भन्छन्, ‘२ देखि ७ दिनको वर्कसप गराउंछौं हामी ।’
भिजिनरी इन्टरनेशनलसंग आवद्ध गुरुङले आफ्नो संस्थाले नेपालमा भूकम्पपछि तीस हजार बढि भूकम्प पीडितलाई ‘साइकोलोजिकल फष्ट एड’ गराएको जनाए । भूकम्पबाट अति प्रभावित जिल्लाहरु गोरखा, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाण्डौं आदिमा ‘हग एण्ड हिल’ अन्तर्गत ट्रमा हिलिङ गरिएको गुरुङले जानकारी दिए । २२ व्यापारिक घरानालाई पनि उक्त संस्थाले अहिले कक्षा दिइरहेको छ ।
उता, गुरुङ यूके आउनुको अर्को महत्वपूर्ण काम पनि छ । फायरवाक (आगोमा हिंड्ने) को लाइसेन्स लिन उनी यता आएका हुन् । क्याम्ब्रीजस्थित फायर वाक इन्सटिच्यूट अफ एजुकेशन एण्ड रिसर्चबाट लाइसेन्स लिन उनले ६ दिन लगातार १०, २० र १०० मिटर हिंड्नुपर्नेछ । नेपालमा तीन पटक आगोमा हिंडिसकेका उनी पहिलो नेपाली हुनेछन् फायरवाक लाइसेन्स लिने । ‘यसले मानिस मानसिक रुपमा बलियो हुन्छ’, उनी भन्छन्, ‘मानिसको पुरानो माइन्ड सेट चेन्ज गर्ने मेरो सोच हो ।’
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा