लन्डन । मेसिनरी चीज वा मोटर गाडी सर्भिसिङ गर्दा माइलेज बढ्ता र सरर गुडे, चले जस्तै मानिसलाई पनि बेला बेला दिमागको सर्भिसिङ आवश्यक छ । तर, यस्तो सम्भव छ त ? अवश्य छ यसको आइडिया लाइफ कोच इन्द्र गुरुङसंग । मानिसको हार्ट, इमोसन्स् लाई सर्भिसिङ (सफा) गर्न यूकेमा कार्यक्रम नै राखेका छन् गुरुङले ।
नेपाल ओलम्पिक कमिटीको साइकोलोजी एण्ड ब्रेन कोच र हग एण्ड हिलका संस्थापक गुरुङ अमेरिकी संस्था ह्यूमेन्स अफ आवर वल्र्डको एसिया एम्बेसेडर पनि हुन् । उनले दिने लाइफ कोचिङ धर्मसंग होइन, मनोविज्ञान र पूर्वीय दर्शनसंग सम्बन्धित छ । मनोविज्ञानले दिमागमा भएको जानकारीलाई इडिट, अपडेट वा प्रोसेस गर्ने बताउंछन् गुरुङ ।
पारिवारिक विचलन खेपेका वा डिप्रेसनमा गएकालाई काउन्सिलिङ र मानिसको क्रियटिभिटी बढाउन एक्जुकेटिभ कोचिङ गराइने समेत उनले जनाए ।
स्किल्स् एण्ड केयरले आगामी ११ सेप्टेम्बर आइतवार उनीसंग चाल्टर्न एथलेटिक फुटबल क्लव हलमा वर्कसप गर्ने भएको छ । यसबाहेक १२ मा अल्डरसटमा एक्जुकेटिभ कोचिङ तय छ भने १९ सेप्टेम्बर, सोमबार एम्पायर हल अल्डरसटमा पनि कार्यक्रम हुंदैछ ।
‘मानिसको मेन्टल, फिजिकल र इमोशनल लेभलमा सर्भिसिङ (सफा) गराउनु पर्छ । त्यो अभ्यासबाट सम्भव छ’, गुरुङ भन्छन्, ‘२ देखि ७ दिनको वर्कसप गराउंछौं हामी ।’
भिजिनरी इन्टरनेशनलसंग आवद्ध गुरुङले आफ्नो संस्थाले नेपालमा भूकम्पपछि तीस हजार बढि भूकम्प पीडितलाई ‘साइकोलोजिकल फष्ट एड’ गराएको जनाए । भूकम्पबाट अति प्रभावित जिल्लाहरु गोरखा, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाण्डौं आदिमा ‘हग एण्ड हिल’ अन्तर्गत ट्रमा हिलिङ गरिएको गुरुङले जानकारी दिए । २२ व्यापारिक घरानालाई पनि उक्त संस्थाले अहिले कक्षा दिइरहेको छ ।
उता, गुरुङ यूके आउनुको अर्को महत्वपूर्ण काम पनि छ । फायरवाक (आगोमा हिंड्ने) को लाइसेन्स लिन उनी यता आएका हुन् । क्याम्ब्रीजस्थित फायर वाक इन्सटिच्यूट अफ एजुकेशन एण्ड रिसर्चबाट लाइसेन्स लिन उनले ६ दिन लगातार १०, २० र १०० मिटर हिंड्नुपर्नेछ । नेपालमा तीन पटक आगोमा हिंडिसकेका उनी पहिलो नेपाली हुनेछन् फायरवाक लाइसेन्स लिने । ‘यसले मानिस मानसिक रुपमा बलियो हुन्छ’, उनी भन्छन्, ‘मानिसको पुरानो माइन्ड सेट चेन्ज गर्ने मेरो सोच हो ।’
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा