
लन्डन । बडो संघर्ष गरेर यतिखेर यूके आइपुगेको छ युवा ढुकढुकी
दार्जिलिङको ब्याण्ड ‘मन्त्र’ । गत वर्ष भिजा साथमा थियो कार्यक्रम हुन नसकेर भ्रमण नै स्थगित भयो । नोभेम्बरमा भिजा लिएर लन्डन आउन ठिक्क पर्दा कोरोनेट हलमा एक्कासी घट्ना भएपछि उक्त स्थल नै बन्द भएर मन्त्रले कार्यक्रम गर्न पाएन । यो पटक अर्को झमेला आइलाग्यो । कार्यक्रम तय भइसकेको थियो, बेलायतले भिजा दिएन । तर, हार खाएनन् ब्याण्ड सदस्यहरु । अपिल गरेरै भएपनि कार्यक्रम हुनु अघिमात्र जसो तसो लन्डन उत्रियो
मन्त्र ।
‘हामीले आउने आशा मारिसकेका थियौं अपिलको पोजिटिभ डिसिजन लाष्ट मिनेटमा आयो । धन्न वाद्यवादन साथमा थियो तर अरु लुगाफाटो केही नलिइ यता हतारमा आउनु पर्यो’, ब्याण्ड सदस्यहरुले बेलिविस्तार लगाए ।
२ सेप्टेम्बरमा बेलायत उत्रिएको उक्त ब्याण्डले पहिलो शो इलेक्ट्रिक ब्रिक्सटनमा गरिसकेको छ । पहिलो बेलायत भ्रमणको पहिलो कार्यक्रम सफल भएको ब्याण्डले जनाएको छ ।
‘बीचमा अवरोध भएपनि यूके आइसकेपछिको पहिलो भ्रमण अविष्मरणीय भइरहेको छ’, ब्याण्डका गायक भास्कर देवानले अनुभव सांटे ।
यूके टुरमा ब्याण्डका भोकलिष्ट भास्कर देवानसहित लिड गितारिष्ट प्रज्ञा लामा, किबोर्डका मनिष थापा, फ्लुटका विधान थापा, प्रभास सुब्बा (बेस गितार) र बिरजु चौधरी (ड्रम्स्) आएका छन् । ड्रमर चौधरीले आगामी कार्यक्रम ९ तारिख शुक्रबार अल्डरसट एम्पायर हल र १० तारिख आसफोर्ड नर्थ स्कुल हलमा हुने जानकारी दिए ।
९७७ मुभमेन्ट, चौसी डि वान र बी १३ इन्टरटेनमेन्टले मन्त्रलाई यूके झिकाएका हुन् । उक्त ब्याण्डका राष्ट्रिय भावनाले ओतप्रोत र प्रेम गीत बढि चर्चित छन् । बीर गोर्खाली, हिमाली नेपाली, सधैं सधैं, संस्कृति, समय आदि रक गीत धेरै सुनिनेमा पर्छन् ।
‘बेलायतमा झन् धेरै फ्यान रहेछन्’, चौधरी भन्छन्, ‘यूकेका दर्शकलाई छाडेर जान मनै छैन् । न्यानो आतिथ्य र बेलायतवासी नेपालीको मायाले गर्दा कार्यक्रम गर्ने रहर पुगेकै छैन् ।’
रक गीतमा नेपाली युवा पुस्ताको आकर्षण दिनप्रतिदिन बढ्दै गएको बुझाइ छ मन्त्रको । १६ वर्ष अवधिमा उक्त व्याण्डले चार वटा एल्बम निकालिसकेको छ ।
यसैबीच, मन्त्रले आगामी आइतबार बुद्ध बार एण्ड ग्रील रेष्टुरेन्ट, स्टेन्स्मा सांझ ७ बजेपछि कार्यक्रम गर्दैछ । कार्यक्रममा प्रवेश निशुल्क भएको जनाउंदै रेष्टुरेन्ट सञ्चालक किशोर थापाले इच्छुक संगीतप्रेमीलाई आउन आग्रह गरेका छन् ।
यसअघि उक्त ब्याण्डले साउथ ह्यारोस्थित ठमेल रेष्टुरेन्टमा पनि कार्यक्रम गरेको थियो ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई