
लन्डन । तमु समाज यूके आमा समूहले गत शनिबार लन्डन हयारो बोरो फुटबल क्लबमा हरितालिका तीज कार्यक्रम गरेको छ ।
नारीहरुको महान पर्व तीजको पावन अवसरमा आयोजित उक्त कार्यक्रममा लन्डन वरपरका नेपाली नारीहरु हर्ष र उल्लासमय वातावरणमा रमाए ।
तमु समाज यूके आमा समूहकी अध्यक्ष माया गुरुङको अध्यक्षता र गैर आवासीय नेपाली संघ यूके उपाध्यक्ष शान्ति थापा कुंवरको प्रमुख आतिथ्यमा सम्पन्न तीज विशेष कार्यक्रमको सञ्चालन सहिन केसी र आमा समूहकी सचिब बिमला गुरुङले गरेका थिए ।
हेल्थ एण्ड सेफ्टीबारे आमा समूहकी उपाध्यक्ष पुष्पा गुरुङले जानकारी गराएकी थिइन् । तमु समाज यूके आमा समूहकी अध्यक्ष माया गुरुङ, प्रमुख अतिथि गैर आवासीय नेपाली संघ यूके उपाध्यक्ष शान्ति थापा कुंवर, तमु समाज यूके उपाध्यक्ष बिजु गुरुङ र सोंपाल समाज यूके संस्थापक उपाध्यक्ष पार्वती गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरि उद्घाटन गरिएको तीज बिशेष कार्यक्रममा यती नेपाली एसोसिएसन यूके अध्यक्ष पिपला देवान लगायत थुप्रै संघ संस्थाका महिला प्रतिनिधि, समाजसेवी तथा नेपाली महिलाको उपस्थिति थियो ।
तीज कार्यक्रममा तमु समाज यूके आमा समूहकी अध्यक्ष माया गुरुङले स्वागत मन्तब्य, आमा समूहकी उपाध्यक्ष पुष्पा गुरुङले धन्यवाद मन्तव्य र प्रमुख अतिथि गैर आवासीय नेपाली संघ यूकेकी उपाध्यक्ष शान्ति थापा कुंवरले तीजको शुभकामना दिए ।
कार्यक्रममा विभिन्न किसिमका आकर्षक पुरस्कारहरुको राफल ड्र, तीजको दर खाने, पिउने संगसंगै चाँद म्यूजिकको डिजेको तीज गीतमा सबैले छमछमी नाचेर मनोरन्जन लिए ।
विभिन्न ब्यवसाय तथा महानुभावहरुले प्रायोजन गरेको पुरस्कारबाट उत्कृष्ट नृत्यंगना छानेर पुरस्कृत गरिएको थियो । उत्कृष्ट नाचेर पुरस्कृत हुनेमा क्रमशः बिना गुरुङ प्रथम, गंगा गुरुङ द्वितिय, दुर्गा कुमारी गुरुङ तृतीय, रिता गुरुङ चौथो, निसा गुरुङ पाँचौ, सुनिता आचार्य छैटौ र भक्ति माया राईले सातौं स्थान आगटे । यसका साथसाथै एकल नृत्य प्रस्तुत गर्ने दुईजना नृत्यंगना सिसु गुरुङ र इन्द्रिया मोक्तानलाई विशेष पुरस्कार दिइयो । नृत्यको प्रथम पुरस्कार लन्डन फेसन हाउसकी प्रोपाइटर तथा निर्देशक मनिसा डंगोलले र राफल ड्रको प्रथम पुरस्कार मनिकला राई गुरुङले प्रायोजन गरेका थिए ।
तमु समाज यूकेका खाद्य संयोजक हरिमान गुरुङ र सहयोगीहरुले तयार पारेका तीज विशेष खानाको निम्ति विभिन्न दानबीरहरुले सेलरोटी, मिनरल वाटर तथा आर्थिक सहयोग गरेका थिए । दिउसो १ बजे आरम्भ भएको कार्यक्रम बेलुका ११ बजे अन्त भएको थियो ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा