लन्डन । बेलायतस्थित नेपाली दूतावासको आर्थिक सहयोगमा आयरल्याण्डमा ‘नेपाल आयरल्याण्ड डे’ सम्पन्न भएको छ ।
आयरल्याण्ड र नेपालबीच दौत्य सम्बन्ध स्थापनाको १६ वर्ष गांठका अवसरमा नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र नेपाल आयरल्याण्ड सोसाइटीले डब्लिनस्थित फोनिक्स् पार्कमा कार्यक्रम गरेका हुन् । कार्यक्रममा डब्लिनका लर्ड मेयर, सांसदहरु, परराष्ट्र मन्त्रालयका अधिकारीहरुसहित हजारौं आइरिस र नेपाली सहभागी थिए ।
उक्त अवसरमा कार्यवहाक राजदूत शरदराज आरनले नेपाल आयरल्याण्ड डेबाट नेपाल र आयरल्याण्डबीच द्विपक्षीय सम्वन्ध प्रगाढ बनाउन, जनस्तरमा सम्वन्ध विकास गर्न र नेपालको कला संस्कृति विस्तार गर्न सहयोग पुग्ने धारणा राखे ।
कार्यक्रममा लर्ड मेयर, नेपाल आयरल्याण्ड सोसाइटीका अध्यक्ष दीपेशमान शाक्य, एनआरएनए युरोप संयोजक कुल आचार्य, स्थानीय सांसद जो कोस्टेलो लगायतले पनि बोलेका थिए ।
कार्यक्रममा आइरिस पर्यटकले नेपाल जांदा खिचेका तस्विरहरुको प्रदर्शनी ‘भिजिट नेपाल फोटो प्रदर्शनी’ समेत भयो जसलाई हजारौंले अवलोकन गरे ।
दौत्य सम्बन्ध स्थापनाको अवसरका साथै भूकम्पपछि नकारात्मक असर झेलिरहेको नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नेपाल आयरल्याण्ड डे कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाली पञ्चे बाजा र आइरिस एवं नेपाली कलाकारले प्रस्तुत गरेको गीत नृत्य आकर्षण बने ।
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा