लन्डन । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजका अवसरमा बेलायतका विभिन्न शहरमा विशेष कार्यक्रम गरिएका छन् । शुक्रबार सांझ देखि नै विभिन्न नेपाली संघसंस्थाले तीज कार्यक्रम राखे । तीजकै दिन आइतबार साउथहल राम मन्दिरमा तीज विशेष कार्यक्रम भएको छ ।
विश्व हिन्दू महासंघ यूके च्याप्टरले साउथहल राम मन्दिरमा गरेको ७ घण्टा लामो कार्यक्रममा झण्डै हजार महिला सहभागी भए । डिजेसहित भएको सांस्कृतिक कार्यक्रम हेर्न आएका महिलाहरुको भीड बाहिर प्रवेशद्धारसम्म पुगेको थियो । महासंघले विगत १० वर्षदेखि तीज कार्यक्रम गर्दै आएको छ ।
पण्डित समेत रहेका विश्व हिन्दू महासंघ यूके अध्यक्ष चिरन्जिवी ढकालको नेतृत्व र व्यवस्थापनमा अरु पण्डितहरु गोविन्द नेपाल र शेखर काफ्लेबाट महिलाहरुले ब्रत प्रतिष्ठाका लागि गरिने पूर्ण पात्र तथा गौदान, शिव लिंगमा पूजा आजा र सामूहिक आरती गरेका थिए । भीडभाड व्यवस्थित गर्न करिब तीस जनाको समूह बनाएर पण्डितहरुले कर्मकाण्ड गरेका थिए । मन्दिरको माथिल्लो तलामा शिवजीको दर्शन, पूजाआजा भएको थियो भने भुईंतलामा महिलाहरु दिनभर नाचगानमा रमाए । कार्यक्रममा नेपाली समुदायसंग निकट रहेका सांसद बीरेन्द्र शर्मा पनि उपस्थित थिए जसलाई अध्यक्ष ढकालले सम्मान र स्वागत गरे । उक्त अवसरमा सांसद शर्माले तीजको शुभकामना दिएका थिए ।
प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरको आयोजनामा हरितालिका तीजकै दिन एसियन कम्युनिटी हलमा तीज कार्यक्रम भएको छ । उक्त अवसरमा पण्डितहरु निलहरि घिमिरे र विनोद पन्थीले तीज विशेष प्रवचन दिए भने व्रतालु दिदबिहिनीहरु सामूहिक पूजाआजा र नाचगानमा सहभागी भए । विनोद ज्ञवालीको संयोजनमा उक्त कार्यक्रम भएको हो ।
अल्पर्टनस्थित सनातन हिन्दू मन्दिर परिसरमा पनि आइतबार नेपाली महिलाहरु एकत्रित भएर तीज मनाए । नेपलिज वुमन हेल्पिङ ह्याण्डसको संयोजनमा भएको कार्यक्रममा महिलाहरुले तीजगीतमा नाचगान गरे । उता, तमु समाज यूके आमा समूहले पनि शनिबार ह्यारो बरो फुटबल क्लवमा तीज कार्यक्रम गर्यो ।
साथै, एसिएन महिला एसोसिएसन (आमा) ले पनि शनिबार एम्पायर बैंक्यूटिङ हल अल्डरसटमा तीज कार्यक्रम गरेको छ ।
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
युरोपवासी सापकोटा भरतपुर महानगरको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धकमा नियुक्त
नेपालमा निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न