लन्डन । वेम्ली पार्कमा आयोजित १४ औं लन्डन मेलामा नेपालको पर्यटन प्रवर्धन पहल भएको छ । लन्डनस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको सहकार्यमा स्टल राखेर मेलाका आगन्तुकलाई पर्यटन प्रवर्धनात्मक सामाग्री बांडिएको हो । दूतावासका थर्ड सेक्रेटरी भूपेन्द्रप्रसाद घिमिरे, अट्याची तेजेन्द्र रेग्मी, दूतावास कर्मचारी र नेपाल पर्यटन बोर्डका यूके प्रतिनिधि पशुपति भण्डारी एवं एभरेष्ट इन ग्रुपका निर्देशक यादव भण्डारी आफैं लिफलेट, ब्रोसर, पत्रिका र अन्य सामाग्री बांड्न व्यस्त देखिन्थे । उनीहरुले आगन्तुकको नेपालबारेको जिज्ञासा मेटाउंदै पर्यटन गन्तव्यबारे अवगत गराए ।
‘तर, भूकम्पपछि नेपालबाट नयां प्रवर्धनात्मक सामाग्री नआउंदा अझ प्रभावकारी रुपमा प्रवर्धन गर्न सकिएको छैन्’, बोर्ड प्रतिनिधि भण्डारी भन्दै थिए । साथै रहेका पूर्व प्रतिनिधि ध्रुव केसीले आफ्नै खर्च र समय दिएर नेपालका लागि खटिनु चानचुने जिम्मेवारी नभएको बताए ।
अट्याची रेग्मीले वेम्ली जस्तो केन्द्रमा हजारौं आगन्तुकबीच नेपालको पर्यटन प्रवर्धन गरिएको बताए । कार्यवहाक राजदूत शरदराज आरन नेपाल आयरल्याण्ड डेका लागि आयरल्याण्ड गएकाले उपस्थित थिएनन् ।
मेलामा सहभागी एनआरएनए युरोप संयोजक कुल आचार्य, व्यवसायीहरु वीपी खनाल र बिराज भट्ट एवं लन्डन मेलाका ट्रष्टी प्रशान्त कुंवरले नेपाली कला संस्कृति झल्काउन मेला सहयोगी भएको बताए । कुंवरले मेला र भिआइपीको रिसेप्सनमार्फत नेपाली समुदायले लन्डन मेयर र स्थानीय मेयरहरुसंग अन्तरसंवाद गर्न पाउनु उपलब्धिमुलक भएको उल्लेख गरे ।
नेपाली गीतसंगीतको चिनारी दिने उद्देश्यले मेलामा आर के स्क्वायर ब्याण्डले नेपाली गीत संगीत प्रस्तुत गरेको थियो भने लाखे नाच र अन्य सांस्कृतिक नाच समेत प्रस्तुत गरिए । ओमप्रसाद थापाको नेतृत्वमा प्रथम नौमति बाजा गुल्मी यूकेले नौमति बाजाको धुन प्रस्तुत गर्यो जुन प्रमुख आकर्षण थियो । उक्त समूहले मेला आयोजना स्थल र लन्डन मेयर सहभागी भिआइपीहरुको रिसेप्सनमा समेत नौमति बाजा बजाएको थियो । मेला हेर्न आएका दर्शक नौमति बाजाको पृथक धुनमा रमाइरहेका देखिन्थे ।
सन् २०१० देखि नै नेपाली दूतावास लन्डन मेलामा प्रत्यक्ष सहभागी हुंदै आएको छ । विगतमा गनर्सबरी पार्कमा हुंदै आएको जि लन्डन मेला यसपटक वेम्ली पार्कमा भएको हो । दक्षिण एसियाली संस्कृति झल्काउने उक्त मेलामा गीत संगीत, खाना र कलाको समेत समिश्रण थियो ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई