
लन्डन । तीजको पूर्व सन्ध्यामा नर्थवेस्ट लन्डन क्षेत्रका नेपाली महिलाहरुले सामूहिक नाचगानहित दर खाएर तीजलाई स्वागत गरेका छन् । शुक्रबार दिउंसैदेखि भेला भएका दिदीबहिनीहरुले मध्यरातसम्म नाचगानमार्फत
रमाइलो गरे ।
यती नेपाली एसोसिएशन यूकेकी अध्यक्ष पिपला देवानले कार्यक्रम गरेकी हुन् ।
सो अवसरमा सहभागीबीच नृत्य प्रतियोगिता समेत गरिएको थियो जसमा १५ जनाले भाग लिएका थिए । प्रतियोगितामा देवीका रायमाझी प्रथम, सम्झना थापा दोश्रो र बिना गुरुङले तेस्रो पुरस्कार पाए भने वेष्ट इन्टरटेनरको पुरस्कार भक्तिमाया राईलाई दिइएको थियो ।
प्रतियोगिताको निर्णायकमा लन्डन नेपाल न्यूज डटकमका प्रवन्ध निर्देशक इञ्जिनियर आरके त्रिपाठी, बैंकर रमेश क्षेत्री, यती पूर्व अध्यक्ष उमेशराज मोक्तान लगायत थिए । यती एसोसिएशनका पूर्व अध्यक्ष मोक्तानले विजेताहरुको नाम घोषणा गरेका थिए । विजेता र अन्य सहभागीलाई वृद्धा सविताको बाहुलीबाट पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा उपस्थित सम्पूर्ण दिदीबहिनीलाई यती अध्यक्ष पिपला देवानले तीजको शुभकामना दिदैं विशेष उपहार बांडेकी थिइन् । एलिजा देवानको संयोजनमा कार्यक्रम भएको हो ।
कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष हिराधन राई, श्रीमति रोजिना प्रधान राई, यतीका सल्लाहकार दौलत राई, बुटवलस्थित होराइजन कलेजका भाइस प्रिन्सिपल बासुदेव अर्याल, कोसेली समूहका वीरेन्द्र कुंवर, व्यवसायी देव गुरुङ लगायत उपस्थित थिए ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई