
लन्डन । लन्डन साउथहलस्थित श्रीराम मन्दिरमा तीजको अवसरमा विशेष कार्यक्रम हुने भएको छ । विश्व हिन्दु महासंघ यूकेको आयोजनामा आगामी सेप्टेम्बर ४ तारिख, आइतबारका दिन पूजाआजा सहित भव्य कार्यक्रम हुन लागेको हो ।
दिउँसो १ देखि अपरान्ह पाँचबजेसम्म हुने कार्यक्रममा महासंघले रुद्री पूजा तथा विशेष मन्त्र पाठको व्यवस्था मिलाएको छ । त्यस्तै पूजाआजा सम्पन्न भइसकेपछि नाचगान र तीजका रमाइला गीतहरु सहित डिजेको पनि व्यवस्था गरिएको छ ।
“हिन्दु नारीहरुको महान चाड हरितालिका तीज पर्वका अवसरमा सँधैजस्तै यसपटक पनि श्रीराम मन्दिरमा आयोजना हुन गैरहेको पूजाआजा तथा नाचगान कार्यक्रममा सहभागी हुन हामी बेलायतस्थित सबै नेपाली दिदीबहिनीहरुलाई हार्दिक आमन्त्रण गर्दछौं,” विश्व हिन्दु महासंघ यूकेका अध्यक्ष चिरन्जीवी ढकालले भने । नेपाल बाहिर बसेर पनि आफ्नो संस्कृति र परम्परा अक्षुण्ण राख्ने यस अभियानमा सघाउन उनले सबैमा अनुरोध गरेका छन् ।
कार्यक्रम श्रीराम मन्दिर, २२ किङ्गस स्ट्रीट, साउथहल UB2 4DA मा आयोजना हुने र बस, ट्युब तथा नजिकै पार्किङको पनि सुविधा रहेको आयोजक विश्व हिन्दु महासंघ यूकेले जनाएको छ ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई