
लन्डन । बेलायती प्रधानमन्त्री टेरेजा मे र उनको क्याबिनेटका वरिष्ठ मन्त्रीहरु इयूसंग
नयां सम्वन्ध स्थापना गर्दै राम्रो व्यापार सम्झौता गर्ने र अध्यागमन समेत नियन्त्रण
गर्ने पक्षमा सहमत भएका छन् ।
मे क्याबिनेटका प्रभावशाली मन्त्रीहरु बोरिस जोन्सन, डेभिड डेभिस र लियम फक्स अध्यागमन नियन्त्रणको प्रमुख प्राथमिकतामा सहमत भएको बेलायती अखवारले उल्लेख गरेका छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ताको भनाइ उधृत गर्दै मे र उनका मन्त्रीहरु बेलायतले इयू छाड्न लागेको हो न कि युरोप भन्दै अबको मोडल पृथक हुनुपर्नेमा जोड दिएका समाचारमा जनाइएको छ ।
समर बिदाले बेलायती राजनीति सुस्ताएको केही सातापछि बुधबार क्याबिनेट बैठकमा प्रधानमन्त्री मेले इयूको लिस्बन सन्धि अन्तर्गत आर्टिकल ५० छिट्टै लागू गर्न तयार रहेको बताउंदै आर्टिकल ५० प्रक्रियापछि सांसदहरुको मत बिनै दुई वर्षको काउन्ट डाउन शुरु हुने जनाइन् ।
बेलायत इयूबाट बाहिरिएपछि युरोपियनहरुलाई सहज आवतजावत (फ्रि मुभमेन्ट) दिइनुपर्ने प्रस्ताव उनले अस्वीकार गरिदिएकी छन् ।
उनले गैर युरोपेली देश नर्बेले जस्तो सिंगल मार्केट पहुंचका लागि इयू बजेटलाई पैसा खन्याएर फ्रि मुभमेन्ट स्वीकार्ने प्रयास आफ्नो नहुने अठोट पनि व्यक्त गरेकी छिन् । टेरेजाले इयूबाट यूकेको बहिगर्मन भइसकेपछि फेरि जनमत संग्रह नहुने र पछाडि ढोकाबाट इयूमा रहिरहने प्रयास नहुने पनि स्पष्ट गरिन् ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते