
लन्डन । नेपलिज नर्सिङ एशोसिएसन यूकेले नेपालमा कार्यरत एकजना समाजसेवी चिकित्सक दिलजन मन्सुरलाई सम्मान गरेको छ । एसोसिएसनले नेपालमा ‘बिइङ होमो सेपियन’ नामक संस्थाबाट विभिन्न सामाजिक काम गरेका डा. मन्सुरको कामको प्रशंसा गर्दै प्लमस्टिडस्थित चौतारी रेष्टुरेन्टमा एक कार्यक्रमबीच सम्मान गरेको हो । मन्सुर आफ्नो अभियानबारे जानकारी दिन केही साता यता बेलायतमा छन् ।
कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए । सहभागीले मन्सुरको निस्वार्थ भावनाको खुलेर प्रशंसा गरेका थिए । गरिव असहायहरुको सेवामा समर्पित उनले घर नै बेचेर सेवा गर्दै आएका छन् । कार्यक्रममा सहभागी र मन्सुरबीच नेपाल र बेलायतको स्वास्थ्यस्थितिबारे अन्तरसंवाद समेत भएको थियो ।
कार्यक्रममा मन्सुरले गरेको मिसन जाजरकोट नामक वृत्तचित्र पनि देखाइएको थियो । उक्त वृत्तचित्रमा मन्सुरको मिसन जाजरकोट सेभ वाटर सेभ्स् लाइभ्स् अभियान यात्रा छ जहां उनले जाजरकोटमा स्वच्छ खानेपानीका लागि ५० भन्दा बढि विद्यालयमा फिल्टर राखिदिएका थिए । त्यस्तै कार्यक्रममा ‘बिइङ होमो सेपियन’ संस्थामा आवद्ध उनको परिवारले गरेका उदाहरणीय कार्य र तिनका अनुभव सम्वन्धि फुटेजसमेत देखाइएको थियो । साथै, उनले हाल शुरु गरिरहेको मिसन काभ्रे नामक अभियानको संक्षिप्त भिडियो क्लिप पनि देखाइयो । मिसन काभ्रे अभियान अन्तर्गत मन्सुरले त्यहांको एक माझीगाउंमा भूकम्पले विस्थापितहरुको पुनर्वासका लागि काम गर्ने योजना अघि सारेका छन् ।
एशोसिएसन अध्यक्ष सुशिला कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रम महासचिव विनोदविकास सिंखडाले सञ्चालन गरेका थिए । कार्यक्रममा डा. सुनिल बुढाथोकीले स्वागत मन्तव्य दिए ।
कार्यक्रममा नेपलिज नर्सिङ एशोसिएसन यूकेका पूर्व अध्यक्ष बासु लामिछाने, रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटीका अध्यक्ष कुमार श्रेष्ठ, एनआरएनए यूके सल्लाहकार एलएन पाण्डे, एनआरएनए यूके सहकोषाध्यक्ष ललित न्यौपाने, चाल्टर्न नेपाली समाजका अध्यक्ष टंक कंडेल, एनआरएनए यूके कोषाध्यक्ष दीपक श्रेष्ठ, स्किल एण्ड केयर परफर्मिङ आर्टकी सिम्मी पुन, जुनकिरी इनिसिएटिभकी अध्यक्ष लक्ष्मी राई (लारा), नेपलिज नर्सिङ एशोसिएसन यूके उपाध्यक्ष प्रसुना कंडेल, एसोसिएसन कोषाध्यक्ष रस्मिता दर्लामी, बेलायतका पहिलो नेपाली पुरुष नर्स राजेन्द्र क्षेत्री, पासा पुच गुथी साउथ इष्ट लन्डन अध्यक्ष सुशिल प्रजापति, ‘बिइङ होमो सेपियन’ अभियानकी बेलायत प्रतिनिधि गंगा साम्पाङ लगायतको उपस्थिति थियो ।
एसोसिएसन अध्यक्ष कार्कीले कार्यक्रममा धेरैलाई बोलाइए पनि नेता आउंदा जस्तो उल्लेख्य सहभागिता नभएकामा दुःख व्यक्त गरेकी छिन् । उनले मन्सुरको समाजसेवाको प्रशंसा गर्दै एसोसिएसन उनीसंग मिलेर काम गर्न तयार रहेको बताइन् ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई