लन्डन । रेडिङ कपको १० औं संस्करण मंगोलियन भान्जाले हात पारेको छ । रेडिङको जोन रब्सन सेन्टरमा भएको फाइनलमा तोङबा फुटबल क्लबलाई २, १ ले पछि पार्दै मंगोलियन भान्जाले उपाधि कब्जा गरेको हो । उपाधिसंगै उक्त टिमले १६ सय पाउण्ड पुरस्कार पनि हात पारयो भने उप विजेता तोङबा एफसीले १००० पाउण्ड पायो ।विजयी टोलीका कुञ्जन गुरुङ म्यान अफ द म्याच घोषित भए भने बीबीसीका सञ्जय थापा मगर धेरै गोल गर्ने टप स्कोरर खेलाडी भए ।
युथतर्फ २३, भेट्रानतर्फ ६ र १६ वर्ष मुनीका ३ टिम सहभागी उक्त प्रतियोगिता हेर्न रेडिङ र आसपासका नेपालीको उत्साहजनक उपस्थति थियो । गुल्मी नौमती बाजाले दिनभर प्रतियोगिताको रौनक अझ थपेको थियो । यसै गरि भेट्रानतर्फ बीबीसीले हिमालयन फुटबल क्लबलाई २, १ ले हराउंदै उपाधि र ८०० पाउण्ड पुरस्कार जित्यो । भेट्रान तर्फ गणेश लामाले सर्वाधिक गोल गरे भने मिलन राई म्यान अफ द म्याच घोषित भए ।
१६ वर्ष का मुनिको उपाधि गोर्खा हिल केन्टले जित्यो । उसले फाइनलमा स्वीन्डन क्लबलाई १, ० ले पछि पार्यो ।
कोलबर्न टाउन काउन्सिलर डा. जगन्नाथ शर्माले प्रतियोगिता उद्घाटन गरेका थिए भने रेडिङ मेयर मोहम्मद अयुब र कार्यबहाक राजदूत शरदराज आरनले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई