
लन्डन । यूकेमा रहेका चितवनवासीहरुको साझा संस्था चितवन एड ट्रस्ट (क्याट यूके) को १२ औं साधारण सभा हालै लन्डनमा सम्पन्न भएको छ । बेलायतका लागि कार्यबहाक नेपाली राजदूत शरदराज आरनको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा उपाध्यक्ष सुनिल खड्काले सहभागीहरुलाई स्वागत गरेका थिए भने पूर्व अध्यक्ष लोक गुरुङ लगायतले संस्थाको गतिविधिबारे चर्चा गरे ।
उक्त साधारण सभामा महासचिब यादब श्रेष्ठले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष समिर खनालले आर्थिक प्रतिवेदन पेश गरेका थिए । त्यसैगरि टिका पौडेलले संस्थाको विधान प्रस्तुत गरे । सो अवसरमा कृष्ण तिवारीले ढोडनी राप्रावि र कृष्ण गुरुङले दाहाखानी राप्राविमा क्याट यूकेको सहयोगमा भएका परियोजनाहरुबारे जानकारी दिए ।
संस्थाका अध्यक्ष बसन्त श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभामा चितवन घर भई बेलायतका विद्यालय र विश्वविद्यालयमा विभिन्न शैक्षिक तह उत्तीर्ण गरेकाहरुलाई अभिनन्दन गरिएको थियो भने आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरियो ।
क्याट यूकेले नेपालमा गत वर्ष भूकम्प पीडितहरुको सहयोगार्थ २३ हजार १ सय २६ पाउण्ड संकलन गरेको थियो । क्याट यूके भूकम्प पीडित राहत कोषबाट १४ लाख र अन्य श्रोतबाट ३ लाख संकलन गरि १७ लाखको लागतमा ढोडेनी राप्राविमा बिद्यालय पुनर्निर्माण गरिएको थियो। त्यसैगरि संस्थाको राहतकोषबाट १० हजार पाउण्ड र अन्य स्थानीय श्रोत परिचालन गरि २० लाख ४५ हजार रुपैंयाको लागतमा राप्राबि दाहाखानी राप्राबिको बिद्यालय पुनर्निर्माण गरिएको छ । साथै संस्थाले प्रधानमन्त्री राहत कोषमा २ हजार पाउण्ड हस्तान्तरण गरेको थियो भने चितवनको मानव सेवा आश्रमलाई ५० हजार रुपैंया सहयोग गरेको थियो ।
संस्थाका महासचिव यादब श्रेष्ठले चितवन भरतपुरमा रहेको आँखा अस्पतालमा आँखा बैंक सञ्चालन गर्न १० लाख रुपैंया सहयोग गर्ने र चितवनको बिकट क्षेत्रमा एम्बुलेन्स खरिद गर्ने योजना अनुरुप कार्यहरु भइरहेको बताए । विदेशमा व्यस्तता वावजुद स्वयंसेवकको रुपमा चितवनको विभिन्न क्षेत्रमा सहयोग गर्ने चितवन एड ट्रस्ट यूकेको कार्यहरु निकै प्रशंसनीय छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते