
लन्डन । यूकेमा रहेका चितवनवासीहरुको साझा संस्था चितवन एड ट्रस्ट (क्याट यूके) को १२ औं साधारण सभा हालै लन्डनमा सम्पन्न भएको छ । बेलायतका लागि कार्यबहाक नेपाली राजदूत शरदराज आरनको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा उपाध्यक्ष सुनिल खड्काले सहभागीहरुलाई स्वागत गरेका थिए भने पूर्व अध्यक्ष लोक गुरुङ लगायतले संस्थाको गतिविधिबारे चर्चा गरे ।
उक्त साधारण सभामा महासचिब यादब श्रेष्ठले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष समिर खनालले आर्थिक प्रतिवेदन पेश गरेका थिए । त्यसैगरि टिका पौडेलले संस्थाको विधान प्रस्तुत गरे । सो अवसरमा कृष्ण तिवारीले ढोडनी राप्रावि र कृष्ण गुरुङले दाहाखानी राप्राविमा क्याट यूकेको सहयोगमा भएका परियोजनाहरुबारे जानकारी दिए ।
संस्थाका अध्यक्ष बसन्त श्रेष्ठको सभापतित्वमा सम्पन्न साधारण सभामा चितवन घर भई बेलायतका विद्यालय र विश्वविद्यालयमा विभिन्न शैक्षिक तह उत्तीर्ण गरेकाहरुलाई अभिनन्दन गरिएको थियो भने आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरियो ।
क्याट यूकेले नेपालमा गत वर्ष भूकम्प पीडितहरुको सहयोगार्थ २३ हजार १ सय २६ पाउण्ड संकलन गरेको थियो । क्याट यूके भूकम्प पीडित राहत कोषबाट १४ लाख र अन्य श्रोतबाट ३ लाख संकलन गरि १७ लाखको लागतमा ढोडेनी राप्राविमा बिद्यालय पुनर्निर्माण गरिएको थियो। त्यसैगरि संस्थाको राहतकोषबाट १० हजार पाउण्ड र अन्य स्थानीय श्रोत परिचालन गरि २० लाख ४५ हजार रुपैंयाको लागतमा राप्राबि दाहाखानी राप्राबिको बिद्यालय पुनर्निर्माण गरिएको छ । साथै संस्थाले प्रधानमन्त्री राहत कोषमा २ हजार पाउण्ड हस्तान्तरण गरेको थियो भने चितवनको मानव सेवा आश्रमलाई ५० हजार रुपैंया सहयोग गरेको थियो ।
संस्थाका महासचिव यादब श्रेष्ठले चितवन भरतपुरमा रहेको आँखा अस्पतालमा आँखा बैंक सञ्चालन गर्न १० लाख रुपैंया सहयोग गर्ने र चितवनको बिकट क्षेत्रमा एम्बुलेन्स खरिद गर्ने योजना अनुरुप कार्यहरु भइरहेको बताए । विदेशमा व्यस्तता वावजुद स्वयंसेवकको रुपमा चितवनको विभिन्न क्षेत्रमा सहयोग गर्ने चितवन एड ट्रस्ट यूकेको कार्यहरु निकै प्रशंसनीय छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा