लण्डन । चर्चित गायक शिव परिवार र प्रमोद खरेललाई एक साथ गजल गाउन लगाएर चर्चामा आएका गीतकार पत्रकार नृपेश उप्रेतीको नयाँ गजल “मन मुटु नदुख्ने के छ औषधी ” सार्वजनिक भएको छ ।
नवाेदित गायक विशाल घिमिरेको आवाजमा सजिएको यो गजलमा जोनी योञ्जनले संगीत भरेका छन्। यसअघि “जति धेरै” बोलको गीत सार्वजनिक गरेका गायक घिमिरेलाई संभावना बोकेका गायकको रुपमा हरिएको छ।
झापालाई कर्मभूमि बनाएर संगीतमा होमिएका गायक घिमिरे पूर्वाञ्चलमा निकै चर्चित छन। उनले झापामा नै संगीतकार कृष्ण योञ्जनबाट संगीतको प्रशिक्षण लिएका हुन् र उनी हरेक बिधाका गीत गाउन पोख्त मानिन्छन्।
गीतकार उप्रेतीका यस अघिका सबै गीत गजलहरु चर्चित तथा स्थापित गायक गायिकाहरुले गाएका छन्। यो पालि किन नयाँ गायक त भन्ने प्रश्नमाउनी भन्छन् “आफ्नै जिन्दगी आफैंलाई भारी भारी भाको छ” बोलको गजलको सफलतापछि विशाल भाइले एउटा गजल लेखिदिन अनुरोध गरे र उहाँको आवाज सुन्दा राम्रो संभावना बोकेको गायकको रुपमा पाएपछि उनीसंग काम गरेको हुँ।”
गायक घिमिरेसंग निकै प्रभावित गीतकार उप्रेती उनले यो गजललाई पूर्ण न्याय गरेको बताउँछन्। लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएको गीतकार उप्रेती कुनै समय नेपालमा सक्रिय पत्रकारिता गर्दथे। उनको गत साल नौ वटा गीत गजलहरुको संग्रह ‘आहान’ अर्को खुशी सार्वजनिक भएकाे थियाे ।
बुढासुब्बा म्यूजिक कम्पनीले आफ्नो युट्युब च्यानलमार्फत “के छ औषधी” बोलको यो गजलको भिडियो सार्वजनिक गरेको हो।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा