लण्डन । चर्चित गायक शिव परिवार र प्रमोद खरेललाई एक साथ गजल गाउन लगाएर चर्चामा आएका गीतकार पत्रकार नृपेश उप्रेतीको नयाँ गजल “मन मुटु नदुख्ने के छ औषधी ” सार्वजनिक भएको छ ।
नवाेदित गायक विशाल घिमिरेको आवाजमा सजिएको यो गजलमा जोनी योञ्जनले संगीत भरेका छन्। यसअघि “जति धेरै” बोलको गीत सार्वजनिक गरेका गायक घिमिरेलाई संभावना बोकेका गायकको रुपमा हरिएको छ।
झापालाई कर्मभूमि बनाएर संगीतमा होमिएका गायक घिमिरे पूर्वाञ्चलमा निकै चर्चित छन। उनले झापामा नै संगीतकार कृष्ण योञ्जनबाट संगीतको प्रशिक्षण लिएका हुन् र उनी हरेक बिधाका गीत गाउन पोख्त मानिन्छन्।
गीतकार उप्रेतीका यस अघिका सबै गीत गजलहरु चर्चित तथा स्थापित गायक गायिकाहरुले गाएका छन्। यो पालि किन नयाँ गायक त भन्ने प्रश्नमाउनी भन्छन् “आफ्नै जिन्दगी आफैंलाई भारी भारी भाको छ” बोलको गजलको सफलतापछि विशाल भाइले एउटा गजल लेखिदिन अनुरोध गरे र उहाँको आवाज सुन्दा राम्रो संभावना बोकेको गायकको रुपमा पाएपछि उनीसंग काम गरेको हुँ।”
गायक घिमिरेसंग निकै प्रभावित गीतकार उप्रेती उनले यो गजललाई पूर्ण न्याय गरेको बताउँछन्। लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएको गीतकार उप्रेती कुनै समय नेपालमा सक्रिय पत्रकारिता गर्दथे। उनको गत साल नौ वटा गीत गजलहरुको संग्रह ‘आहान’ अर्को खुशी सार्वजनिक भएकाे थियाे ।
बुढासुब्बा म्यूजिक कम्पनीले आफ्नो युट्युब च्यानलमार्फत “के छ औषधी” बोलको यो गजलको भिडियो सार्वजनिक गरेको हो।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते