
काठमाडौँ, १३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसङ्घको बडापत्रप्रति नेपालको पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।
संयुक्त राष्ट्र सङ्घ, स्थलगत सहयोग विभागका उपमहासचिव अतुल खेरसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले शान्ति प्रक्रियामा संयुक्त राष्ट्र सङ्घले पुरयाएको सहयोगी भूमिकाका लागि धन्यवाद दिँदै नेपाल त्यसको हिस्सेदार रहेको बताउनुभयो ।
नेपाली शान्ति सेनाले विश्वका कठिन ठाउँमा शान्ति स्थापनाका लागि पुरयाएको योगदानलाई मूल्याङ्कन गर्दै शान्ति सेनाको सङ्ख्या र शान्ति स्थापनासम्बन्धी भूमिकामा नेपालको प्रतिनिधित्व बढाउने नेपालको सोच रहेको बताउनुभयो ।
प्रधानमन्त्रीसँगको भेटमा उपमहासचिव अतुल खेरले नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाली, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती कर्मचारीले पुरयाएको योगदानको प्रशंसा गर्नुभएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने कार्यमा थप शान्ति सेना पठाई योगदान दिने नेपालको इच्छाका लागि सराहना व्यक्त गर्नुभयो । साथै नेपालको बाँकी शान्ति प्रक्रियालाई निष्कर्षमा पुरयाउने नेपालको प्रयासमा संयुक्त राष्ट्र सङ्घले पनि सहयोग गर्ने इच्छा प्रकट गर्नुभएको थियो ।
यसैबीच प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक भ्यालेरी जुलिएन्डबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटमा जुलिएन्डले प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना दिनुभयो । भेटमा जुलिएन्डले समसामयिक राजनीति र सरकारका योजनाबारे चासो राख्नुभएको थियो ।
जवाफमा प्रधानमन्त्रीले बधाई दिएकामा हार्दिक धन्यवाद दिँदै नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसङ्घले गरेको सहयोगको प्रशंसा गर्नुभयो । प्रधानमन्त्रीले संविधानको कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पको पुनःनिर्माण र नवनिर्माण, सुशासन र राहत, ठूला आयोजनाको सञ्चालन र समृद्धिको जग बसाल्न नयाँ सरकार क्रियाशील भएको बताउनुभएको थियो ।
यसैगरी संयुक्त राष्ट्र सङ्घ, स्थलगत सहयोग विभागका उपमहासचिव अतुल खेरले आजै रक्षामन्त्री बालकृष्ण खाँडसँग उहाँकै कार्यकक्ष सिंहदरबारमा भेट गर्नुभयो ।
भेटका अवसरमा मन्त्री खाँडले अन्तर्राष्ट्रिय शान्ति सेनामा नेपाली सेनाको सहभागिता हालको स्तरबाट बढाई दोब्बर गर्न सकिने नीति नेपाल सरकारको रहेको उपमहासचिव खेरलाई जानकारी गराउनुभएको थियो ।
उपमहासचिव खेरले नेपालले शान्ति सेनामा सहभागिता जनाई गरेको योगदान संयुक्त राष्ट्र सङ्घ एवम् विश्व समुदायले कदर गरेको बताउनुभयो ।
बेलायत बन्यो विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग