
लन्डन । पासा पुचः गुठी यूके लन्डनले आइतबार वार्षिक साधारणसभा मार्फत नयां नेतृत्व चयन गरेको छ । मेमोरियल हल, हेनवेल मेथोडिष्ट चर्चमा आयोजित साधारणसभाले दुई वर्षका लागि कपिल श्रेष्ठको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको महासचिवमा त्रिवेणी गुरुङ, सहसचिवमा प्रिती कक्षपति, कोषाध्यक्ष भरत श्रेष्ठ र सदस्यहरुमा निर्मल मानन्धर, रुक्मणी मानन्धर, बीरेन्द्र अमात्य र समिर श्रेष्ठ चुनिएका छन् ।
साधारणसभामा सहसचिव प्रिती कक्षपतिले स्वागत गर्दै सबैमा धन्यवाद ज्ञापन गरेकी थिइन् भने महासचिव त्रिवेणी गुरुङले संस्थाका गतिविधि म्हः पूजा, भूकम्प पीडितलाई संस्थाले गरेको सहयोग र संस्थामा युवा सहभागिताबारे प्रकाश पारिन् । कोषाध्यक्ष बेबिना मालीले आय व्यय विवरण प्रस्तुत गरेकी थिइन् । पासा पुच गुठी यूके लन्डनका उपाध्यक्ष ओजेश सिंहले भूकम्प पीडितको राहतका लागि भएका सहयोगबारे अवगत गराउंदै निर्माणाधिन पहिलो एनिमेटेड फिल्म द लिजेन्ड अफ संखधर सम्वन्धमा प्रकाश पारे ।
अध्यक्ष कपिल श्रेष्ठले निर्वाचित भएपछि समुदायको हितमा अझ क्रियाशिल हुने बताए । उनले सहयोगी सबैप्रति आभार समेत व्यक्त गरे । उक्त अवसरमा अध्यक्ष श्रेष्ठले संस्था र नेवार समुदायलाई उल्लेख्य योगदान गर्ने उपाध्यक्ष मेनका श्रेष्ठलाई सम्मान गरेका थिए । त्यस्तै सोआस युनिभर्सिटीमा नेपाल भाषा कक्षा सञ्चालन गरिरहेकी मेरिलिना प्रिसोनलाई नगद तीनसय ५० पाउण्डसहित रामेश्वर गुठी सिरपा अवार्ड प्रदान गरिएको थियो । उक्त अवार्ड श्रीमति रितादेवी सिंहले प्रदान गरेकी हुन् । कार्यक्रमको अन्त्यमा पासा पुच गुठी साउथ इष्ट लन्डनका अध्यक्ष सुशिल प्रजापतिले पासा पुच गुठी लन्डनलाई लाखे पोशाक उपहारका रुपमा प्रदान गरेका थिए ।
कार्यक्रममा पासा पुच गुठी यूकेका संस्थापक सदस्यहरु शशी मानन्धर, बालमुकुन्द जोशी र बोर्ड अफ ट्रष्टी अध्यक्ष महन्तबहादुर श्रेष्ठको पनि उपस्थिति थियो । साथै, पासा पुच गुठी साउथ इष्ट लन्डनका अध्यक्ष सुशिल कक्षपति, सांस्कृतिक सचिव अशोक अवाल र विनोद चिपालु, प्रमुख संरक्षक कुमार श्रेष्ठ एवं पासा पुच गुठी यूके रेडिङका अध्यक्ष सुदर्शन श्रेष्ठ पनि सहभागी थिए ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई