
लन्डन । नेपलिज आर्टिष्ट असोसिएसन यूकेले बेलायतस्थित नेपाली
बालबालिकाबीच गर्न लागिएको एकल नृत्य प्रतियोगिताको तयारी तीव्र भइरहेको जनाएको छ । असोसिएसनले बालबालिकाभित्र रहेको प्रतिभा उजागर गर्ने उद्देश्यले आगामी ४ सेप्टेम्बर दिउसो ह्यारो बरो फुटबल क्लवमा प्रतियोगिता गर्न लागेको हो ।
असोसिएसन अध्यक्ष अजय शेखर प्रधानले हाल बेलायतस्थित नेपाली संघसंस्था र अभिभावकहरुलाई बालबालिकाको सहभागिताका लागि अनुरोध भइरहेको जनाए । ‘तर, पर्याप्त आवेदन अझ आइसकेको छैन्’, प्रधानले भने, ‘बालबालिकाकै हितका लागि गर्न खोजिएको हो तर नेपाली अभिभावकहरुलाई कन्भिन्स गराउन अप्ठेरो रहेछ ।’
७ देखि ११ वर्ष र १२ देखि १६ वर्षका बालबालिकाबीच दुई क्याटगोरिजमा प्रतियोगिता गरिने आयोजकले जनाएका छन् । नृत्य नेपाली कला संस्कृति झल्कने खालको हुनुपर्ने नियम छ । प्रतियोगिताका लागि २५ पाउण्ड दर्ता शुल्क लाग्ने र अगष्ट अन्तिमसम्म आवेदन लिइने छ । आवेदन संघको इमेल [email protected] मा पठाउन सकिने छ ।
विजेतालाई आकर्षक पुरस्कार दिइने र फष्ट वीनरलाई म्यूजिक भिडियोमा खेलाइने असोसिएसनले जनाएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार