लन्डन । स्टेन्स् किङ्सरोडमा १ सेप्टेम्बरदेखि बुद्ध बार एण्ड ग्रील रेष्टुरेन्ट सञ्चालनमा आउने भएको छ । सञ्चालक किशोर थापाले नेपाली र मेक्सिकन खानासहित रेष्टुरेन्ट नयां साजसज्जामा सञ्चालन हुन लागेको जानकारी दिए । नेपाली स्वादिष्ट खाना अलवा नाचुस, बुरिटो, फजिता जस्ता मेक्सिकन खाना समावेश गरेर रेष्टुरेन्ट नयां ढंगले खोल्ने तयारी अन्तिम चरणमा छ । सन् २०१३ देखि ०१६ सम्म त्यो एसियाना ओरियन्टल बफेट रेष्टुरेन्टका रुपमा सञ्चालनमा थियो ।
१५० सिट क्षमताको उक्त रेष्टुरेन्टमा सभा समारोह वा हरेक खालका निजी पार्टी आयोजना गर्न सकिनेछ । रेष्टुरेन्टले आउटडोर क्याटरिङ समेत गर्ने जनाएको छ । उक्त रेष्टुरेन्ट आउन फेल्थाम, हन्स्लो, हिथ्रो एयरपोर्ट, फानबोरो र अल्डरसटसम्मका ग्राहकलाई पायक पर्ने सञ्चालकले जनाएका छन् ।
सञ्चालक थापाले आफ्नो रेष्टुरेन्टका लागि किचेनमा सेफ र बाहिर काम गर्ने केही अनुभवी वेटर, बार टेन्डर अति आवश्यक भएको जनाउंदै काम गर्न इच्छुकलाई सम्पर्क गर्न भनेका छन् । दक्ष जनशक्ति अभावका कारण यतिखेर रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्न धेरै चुनौतिपूर्ण रहेको थापाको अनुभव छ । थापाले निकट भविष्यमै आफ्नो रेष्टुरेन्टमा सुकुलमा बसेर नेपाली मौलिक खाना (ढिंडो) खान पाइने व्यवस्था गर्न लागिएको पनि जनाए ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई