
लन्डन । पशुपतिनाथ मन्दिर प्लमस्टेडमा रक्षा वन्धन कार्यक्रम हुने भएको छ । आगामी अगस्ट १८ तारिख बिहीवार हिन्दूहरुको पवित्र पर्व रक्षा वन्धन तथा जनै पूर्णिमाको अवसरमा विशेष कार्यक्रम हुने भएको हो । मन्दिर व्यवस्थापन समितिले उक्त दिनमा जनै तथा रक्षा वन्धन ग्रहण गर्न इच्छुक सबैलाई बिहान ८ देखि दिनको १ बजे सम्म मन्दिरमा उपस्थित हुन आवहान गरेको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालजंग अर्यालका अनुसार मन्दिर आवद्ध पण्डितहरुबाट रक्षा वन्धनको अवसरमा बिहानै देखि रुद्राभिषेक पूजासहित जनै पुजन तथा मन्त्रोचारणको बिशेष पूजाआजा सञ्चालन हुने छ । पूजित रक्षा वन्धन तथा जनै वितरण ८ बजे देखि शुरु गरिने जानकारी मन्दिर व्यवस्थापनले दिएको छ । मन्दिर व्यवस्थापन समितिका महासचिव अर्जुन गौतमले मन्दिरमा आयोजित रक्षा वन्धन कार्यक्रममा सहभागिताका लागी आफ्नो मातहतका साथीभाईहरुलाई सुसुचित गर्न सबैमा आग्रह गरिएको जनाएका छन् ।
साउथ इष्ट लन्डनको प्लमस्टेडमा नेपालीहरुकै पहलमा स्थापित पशुपति मन्दिरले विगतका वर्षहरुमा समेत रक्षा वन्धन, तीज, दशैँ, शिवरात्री लगायतका पर्वहरुमा बिशेष पूजाआजा गर्दै आएको छ ।
रक्षा वन्धनको दिन हिन्दू धर्मालम्बीहरुले परम्परागत रुपमा रक्षा वन्धनको रुपमा पूजिएको डोरो बाँध्ने तथा जनै पहिरेर धार्मिक कर्म प्राप्तिको मार्गमा पुनर्जागरुक हुने पावन दिनको रुपमा जनै पूर्णिमा मनाउने परम्परा रहिआएको छ ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई