लण्डन । ग्रेटर रशमोर नेपाली कम्युनिटीले विश्व साइकलयात्री लाेकबन्धु कार्की र जनार्दन खनाललाई फानबरो, अल्डरसट, क्याम्बर्ली क्षेत्रमा घुमाउनुका साथै शुभकामना प्रदान गरेकाे छ ।
११ अगस्टका दिन साइकलयात्रीहरूलाई साे क्षेत्रका नेपालीहरूले भेटी शुभकामना दिएका थिए भने यात्रा पूरा गर्न केही आर्थिक सहयोग पनि गरेका थिए । साँझ ग्रेटर रशमोर नेपाली कम्युनिटीका पदाधिकारीहरू र अन्य गन्यमान्य ब्यक्तिहरूको सहभागितामा रात्रीभाेज अायाेजना गरिएकाे थियाे । कम्युनिटीका अध्यक्ष ओमप्रसाद थापाकाे अध्यक्षतामा भएकाे साे कार्यक्रमकाे सन्चालन महासचिव रन्जीता मल्लले गरेकी थिइन भने विशेष अतिथिहरूमा एनअारएन अाइसिसी सदस्य शुस्मा राई र ग्रेटर रशमोर नेपाली कम्युनिटीका सल्लाहकार थर्क सेन थिए । हल र खानपिनको बन्दोबस्त ग्रेटर रशमोर नेपाली कम्युनिटीका सल्लाहकार सेर सुनारले गरेका थिए ।
अध्यक्ष थापाले साइकलयात्रीहरूकाे यात्रा उद्देश्यअनुरूप सफल रहोस भन्ने कामना गरेका थिए । आफ्नो ब्यस्तताको बावजूद पनि समय निकालेर रशमोरबासीहरूले बाटो बाटोमा हौसला, आर्थिक सहयोग दिएकाेमा साइकलयात्रीहरूले सबैलाई धन्यबाद दिएका थिए ।
“पूरै पृथ्वी एउटै घर, सबै मान्छे एउटै मानव” भन्ने नारा लिएर नेपाली पोशाक, राष्ट्रिय झण्डा र शान्तिकाे झण्डाका साथ सगरमाथा नेपालमा छ, भगवान बुद्ध नेपालमा जन्मेका हुन भन्दै ११ वर्ष ८ महिनामा उनीहरू बेलायत अाइपुगेका हुन । उनीहरूले अहिलेसम्म १३० देशकाे भ्रमण गरिसकेका छन् । ।
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो