लण्डन । ग्रेटर रशमोर नेपाली कम्युनिटीले विश्व साइकलयात्री लाेकबन्धु कार्की र जनार्दन खनाललाई फानबरो, अल्डरसट, क्याम्बर्ली क्षेत्रमा घुमाउनुका साथै शुभकामना प्रदान गरेकाे छ ।
११ अगस्टका दिन साइकलयात्रीहरूलाई साे क्षेत्रका नेपालीहरूले भेटी शुभकामना दिएका थिए भने यात्रा पूरा गर्न केही आर्थिक सहयोग पनि गरेका थिए । साँझ ग्रेटर रशमोर नेपाली कम्युनिटीका पदाधिकारीहरू र अन्य गन्यमान्य ब्यक्तिहरूको सहभागितामा रात्रीभाेज अायाेजना गरिएकाे थियाे । कम्युनिटीका अध्यक्ष ओमप्रसाद थापाकाे अध्यक्षतामा भएकाे साे कार्यक्रमकाे सन्चालन महासचिव रन्जीता मल्लले गरेकी थिइन भने विशेष अतिथिहरूमा एनअारएन अाइसिसी सदस्य शुस्मा राई र ग्रेटर रशमोर नेपाली कम्युनिटीका सल्लाहकार थर्क सेन थिए । हल र खानपिनको बन्दोबस्त ग्रेटर रशमोर नेपाली कम्युनिटीका सल्लाहकार सेर सुनारले गरेका थिए ।
अध्यक्ष थापाले साइकलयात्रीहरूकाे यात्रा उद्देश्यअनुरूप सफल रहोस भन्ने कामना गरेका थिए । आफ्नो ब्यस्तताको बावजूद पनि समय निकालेर रशमोरबासीहरूले बाटो बाटोमा हौसला, आर्थिक सहयोग दिएकाेमा साइकलयात्रीहरूले सबैलाई धन्यबाद दिएका थिए ।
“पूरै पृथ्वी एउटै घर, सबै मान्छे एउटै मानव” भन्ने नारा लिएर नेपाली पोशाक, राष्ट्रिय झण्डा र शान्तिकाे झण्डाका साथ सगरमाथा नेपालमा छ, भगवान बुद्ध नेपालमा जन्मेका हुन भन्दै ११ वर्ष ८ महिनामा उनीहरू बेलायत अाइपुगेका हुन । उनीहरूले अहिलेसम्म १३० देशकाे भ्रमण गरिसकेका छन् । ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
जेन–जी विद्रोहपछि बङ्गलादेशमा पहिलो मतदान
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई