इच्छा शक्ति भए नेपालमै पर्याप्त अवसर रहेको प्रमाणित गरेकी छिन् मोडल सोनाम श्रेष्ठ ‘केसी’ ले । अलिसा नामले समेत चिनिने उनी मोडलमात्र होइनन्, मेक अप आर्टिष्ट र जुम्बा नृत्य प्रशिक्षक पनि हुन् । तीन वर्ष संगीतको समेत प्रशिक्षण लिइन् ।
अहिले गायक राजेश पायल राईको दर्शन नमस्ते टु एल्बममा समावेश ‘उमेरले डांडापारी…’ गीतको म्यूजिक भिडियोमा मोडलिङ गरेपछि उनी चर्चामा छिन् । असंख्य फेशन शोमा सहभागी भइसकेकी सोनाम र्याम्प माडलिङमा उत्रने मोडलहरुको मेक अप समेत गर्छिन् । ‘अहिले त मोडलिङको पनि व्यवसायिक विकास भएको अवस्था छ’, विगत सात वर्ष देखि यसैमा रमाइरहेकी उनले सुनाइन्, ‘दत्तचित्त भएर लागे फाइदै छ यो क्षेत्रमा ।’ केही समय अघि एक दैनिक पत्रिकामा हुक्का तानेको तस्विर खिचाएपछि कतिले उनलाई ‘बोल्ड’ मोडल पनि भने, कतिले त्यस्तो बानी नपार्न सम्झाए । तर, वास्तविक जीवनमा उनलाई केही चिजमा लत छैन् रे ।
गोर्खा हेल्थ क्लवमा जुम्बा प्रशिक्षक पनि हुन् उनी । स्टेजमा विभिन्न नृत्य देखाउन माहिर सोनामलाई उत्कृष्ट नृत्याङ्गना भनेर पनि धेरैले चिन्छन् ।
उनलाई केही फिल्ममा अफर पनि आए । फिल्मतिर इच्छा पनि छ तर बुझेर मात्र यसमा छिर्न चाहन्छिन् उनी ।
नेपाल म्यूजिक स्कुलमा प्रभुराज ढकालसंग तीन वर्ष संगीत प्रशिक्षण समेत लिएकी छिन् उनले । ‘अरुको भन्दा अलिक पृथक आर एण्ड बी संगीतमा जाने धोको छ’, उनले भावी योजना सुनाइन्, ‘श्रीमान् अल्टरनेटिभ रकतिर लागेकाले पनि मलाई नौलो संगीततिर रमाउन मन छ ।’ म्यूजिक स्कुलमा कन्सर्ट गरेपनि स्टेजमा गाइनसकेको उनले बताइन् । सोनामलाई गायिकामा इन्दिरा जोशी सबैभन्दा बढि मन पर्छ ।
काठमाण्डौं धुम्वाराहीकी २४ वर्षीया सोनाम एक्ली छोरी हुन् । फुर्सदमा कविता पनि कोर्छिन् उनी । अब छिट्टै अध्ययनका लागि अमेरिका जाने योजना छ उनको । अल द वेष्ट सोनाम ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते